नेपालगन्ज: सरकारले आगामी आर्थिक वर्ष ०७६–०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारले यही नीति तथा कार्यक्रमको आधारमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने छ ।