वडास्तरी अतिरिक्त क्रियाकलाप सम्पन्न


वडास्तरी अतिरिक्त क्रियाकलाप सम्पन्न

नेपालगन्ज : वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १ ले अतिरिक्त क्रियाकलाप सम्पन्न गरेकोछ । शनिबार नेपालगन्जमा वडा स्तरीय बालक्लबबीच अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको हो ।

अतिरिक्त क्रियाकलाप अन्र्तगत हाजिरी जवाफ प्रतियोगिता, हस्त लेखन तथा कुर्सी दौड प्रतियोगिता सम्पन्न गरेकोछ । वडाका १४ वटा बालक्लबको सहभागितामा भएको उक्त प्रतियोगिता अन्र्तगत हाजिरी जवाफ प्रतियोगितामा उज्जवल बालक्लबका दिपेन्द्र खत्री, युवराज सिंह ठकुरी र अनुप सापकोटा प्रथम, गायत्री बालक्लबका प्राची सोमैमगर, सञ्जु केसी र अञ्जली केसी द्वितिय, स्टार फ्युचर बालक्लबका निशान्त खड्का, सरिता विष्ट र एलिशा रोकाया तृतिय तथा भेरी स्कुल बालक्लबका अमृत सेढाई, अरुण ढुङ्गाना र प्रविन चौधरीले सान्त्वना स्थान प्राप्त गरे ।

यस्तै हस्त लेखन प्रतियोगितामा आर्दश बालक्लबका आर्निका भट्ट प्रथम, शान्ति बालक्लबकी अनुजा थापा द्वितिय, भेरी स्कुल बालक्लबकी नेहा थापा तृतिय तथा शिवशक्ति बालक्लबका निराजन कुर्मीले सान्त्वना स्थान प्राप्त गरे ।

अतिरिक्त क्रियाकलाप अन्र्तगत भएको कुर्सी दौड प्रतियोगितामा शिवशक्ति बालक्लबकी सोना विक प्रथम, शान्ति विकास बालक्लबका सिर्जना बडुवाल द्वितिय, स्टार फ्युचर बालक्लबकी एलिशा रोकाया तृतिय र शुन्दर बालक्लबका चन्द्र बहादुर खत्रीले सान्त्वना स्थान प्राप्त गरेकाछन् ।

वडा स्तरीय बालक्लब सञ्जालकी अध्यक्ष सिमरन थापा क्षेत्रीको अध्यक्षतामा भएको सो अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बालक्लब वर्ष २०७५ बाट सुन्दर बालक्लबलाई सम्मान समेत गरिएकोछ ।

सय बढि वडाका बालक्लब पदाधिकारीहरुको उपस्थितमा भएको अतिरिक्त क्रियाकलापमा विजयी तथा बालमैत्रीय अभियानमा सक्रिय विभिन्न ब्यक्तित्वहरुलाई पुरस्कार, प्रमाणपत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

जिल्ला बालक्लब सञ्जाल बाँकेकी सचिव चेतना क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर स्तरीय बालक्लब सञ्जालका कोषाध्यक्ष हकिम दर्जी, वडा स्तरीय बालक्लब सञ्जालका सस्थापक अध्यक्ष देवाबहादुर क्षेत्री, निर्वतमान अध्यक्ष आँचल गुप्ता, सल्लाहकारद्वय सहाबुद्दिन हलवाई र लक्ष्मी वैश्यले सो प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

वडालाई बालमैत्री निर्माणमा सहयोग पुग्ने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिका १ नम्बर वडा समिति कार्यालयको आयोजना तथा वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १ ले सहजिकरणमा उक्त वडा स्तरीय बाल अतिरिक्त प्रतियोगिता गरेको सञ्जालकी सदस्य निर्भिका साउदले जानकारी दिइन् ।