नेपालगन्ज २१ भदौ : गत असार ८ गतेदेखि हुने भनिएको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि हुने भएकोछ ।
कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने सरकारले तयारी गरेको हो । यसका लागि सरकारले जनगणनाको कार्यतालिका समेत स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना–२०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।
केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।
त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
राष्ट्रिय जनगणाको यो ईतिहासमा दोस्रो पटक तोकिएको समयमै जनगणा हुन नसकेको हो । नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएपनि त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन सकेन । कारण कोरोना भाइर संक्रमणको महामारि बन्यो ।
वि.सं. २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो । यद्यपि यसवर्ष भने २०७८ सालभित्रै जनगणना सकिने विभागको भनाइ छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही