पाँच नम्बर प्रदेशको नाम ‘लुम्बिनी’


पाँच नम्बर प्रदेशको नाम ‘लुम्बिनी’

नेपालगन्ज : प्रदेश नम्बर ५ को राजधानीको विषय टुंगो लाग्न अझैं केही दिन लाग्ने भएको छ । प्रदेशसभाले गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदनमाथि मूल समितिले विज्ञहरुसँग छलफल गरेर टुंगोमा पुग्ने निर्णय गरेपछि राजधानीको विषय टुंगो लाग्न थप केही दिन लाग्ने भएको हो ।

तर, उपसमितिले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरेको छ । सुझाव संकलनका क्रममा आएका सुझावअनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहट लगायतका नामहरू पनि सूचीमा राखिएको छ । लुम्बिनीको नामका विषयमा भने अधिकांश एकमत भएकोले यहि नाम लगभग पक्कका भएको छ ।

आईतबार बसेको प्रदेशसभाको राजधानी सिफारिस गर्न बनेको विशेष समितिको बैठकले विज्ञ उपलब्ध गराइदिन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको हो । उपसमितिले शनिबार मूल समितिलाई सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । जसको आधारमा आईतबार सभामुखलाई बुझाएर प्रदेशसभामा पेस हुने अपेक्षा गरिएको थियो ।

उपसमितिले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको छ । सो प्रतिवेदन आईतबार बसेको मूल समितिको बैठकले केही परिमाजित गरी तथा सुझावको लागि विज्ञसँग छलफल गर्ने निर्णय गरेको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले जानकारी दिए ।