नेपालगन्ज: धर्म होईन भावना परिवर्तन गरौं भन्ने मुल नाराका साथ आगामी बैशाख २५ गते नेपालगन्जको रामलिला मैदानमा बृहद सत्संघ हुनेभएकोछ ।
सन्त निरंकारी मण्डल नेपाल बाँकेको आयोजनामा हुने सो सत्संघमा देश तथा विदेशका १० हजार जनाको सहभागिता रहने आयोजकले जनाएका छन् । सत्संघलाई ब्यवस्थित बनाउन मण्डलले २ सय जना स्वयमसेवक खटाउनेछ । २५ गते बेलुका ४ बजेदेखि राती ८ बजे सम्म आयोजना हुने उक्त सत्संघमा प्रवचन सहित संगीतमय भजन हुने आयोजकले जनाएको छ ।
सोमबार नेपालगन्जमा संत निरंकारी मण्डल नेपाल बाँकेका अध्यक्ष शिवप्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सेवादलका प्रचारक रामचन्द्र भट्टराईले संन्त निरंकारी सद्गुरु माता सुदिक्षा सविन्दर हरदेवजी महाराजको प्रवचन हुने जानकारी दिए । निरंकारी मण्डलले बाँकेमै पहिलो पटक यती ठूलो निंरकारी संत समागम गर्न लागेको हो ।
सो अवसरमा दाङ्गका ज्ञान प्रचारक लोकबहादुर केसीले प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका सबै जिल्लाबाट सहभागिता रहने बताए ।
निरंकार मण्डलको हाल नेपालभर ५७ जिल्लामा शाखा छ । नेपालमा यसको केन्द्रिय कार्यालय काठमाण्डौमा छ ।
विश्वका ३७ वटा देशमा शाखा रहेको निरंकार मण्डलको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । सन् १९२९मा पाकिस्तानको पेसेवरबाट सुरु भएको निंरकार मण्डल बाँकेमा १८ वर्षदेखि क्रियाशिल छ ।
कार्यक्रममा सहभागिताका लागि आयोजकले सवैलाई आग्रह गरेकोछ । निंरकार मण्डलमा हिन्दु, मुस्लिम, शिख, ईसाई लगायतका धर्मावलम्बिहरुको सहभागिता छ । यसले कुनैपनि धर्म, जातलाई भेदभाव नराखी ब्रह्मज्ञान प्रदान गरिरहेका आयोजकले जनाएकोछ ।