सम्शेरगञ्जबाट बसमा गयौं : रुवी
बाघ जोखिमकाबीच पैदल यात्रामा हिँडेको टोलीलाई निकुञ्ज क्षेत्रमा रोकिदैं ।
नेपालगन्ज ३ असोज : न्यायको माग गर्दै नेपालगन्जदेखि काठमाण्डौं पैदल यात्रामा निस्केको रुवि खान नेतृत्व टोली बाघको डरले गाडीमा गएकोछ ।
बाघको जोखिमलाई मध्यनजर गर्दै बाँके प्रशासनले पैदल तथा साना सवारी साधन सञ्चालनमा रोक लगाएकै बेला रुवि खान नेतृत्व टोली काठमाण्डौं पैदल यात्रामा निस्केको हो । तर, पैदल हिँडेको उक्त टोली बाघको डरले गाडीमा गएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले भने–‘उहाँहरु पैदल सम्शेरगञ्जसम्म आउनु भएको थियो । हामीले रोक्यौं ।’ साहले अगाडी थपे–‘उहाँहरु पैदल जान खोज्नु भयो । हामीले बाघको जोखिम रहेकोले पैदल जान दिएनौं ।’
पैदल यात्रामा निस्केको रुवि खानको टोलीले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्गमा बाघको जोखिम भएकै बेला जान खोजेपनि निकुञ्जले जान नदिएपछि उनीहरु गाडीमा गएका हुन् ।
पैदल यात्रामा निस्केको रुवि खानले सेतोखरीसंग कुरा गर्दै भनिन्–‘बाघको जोखिम भएकै कारण हामी बसमा यात्रा गर्न बाध्य भयौं ।’ उनले अगाडी थपिन्–‘नेपालगन्जदेखि सम्शेरगञ्जसम्म हिजो(शनिबार) साढे तीन बजे पैदल पुगेका थियौं । सम्शेरगञ्जमा नेपाली सेनाले हामीलाई रोक्यो, अगाडी बढ्न दिएन । त्यसैले सम्शेरगञ्जदेखि गाभर अगाडी सौंरीसम्म बसमा आयौं ।’
उनले भनिन्– ‘उहाँहरुले बाघको जोखिमका कारण हामीलाई पैदल जान दिनुभएन । सुरक्षालाई मध्यनजर गर्दै हामी बाध्यभएर बसमा यात्रा गर्नुपरेको हो ।’ रुवि खानले अगाडी थपिन–‘अहिले हामी दाङको अमिलियामा छौं । यहाँबाट अगाडी बढिरहेकाछौं ।’
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही