नेपालगन्ज: क्यान्सर रोगबाट पीडित विनोद कुमार शाहलाई आर्थिक सहयोग गरिएकोछ । उनको उपचारका लागि एक लाख रकम सहयोग गरिएकोहो ।
बचत तथा ऋण जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष शाह गत एक वर्षदेखि पेनक्र्याजको क्यान्सरबाट पीडित छन् । शाहलाई काठमाण्डौं, भक्तपुर र काभ्रेका सहकारीकर्मीको संयुक्त पहलमा आर्थिक सहयोग गरिएको हो । नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर १, धम्बोझी स्थित शाहकै घरमा पुगेर सहकारीकर्मीले मङ्गलबार आर्थिक सहयोग गरे ।
आर्थिक सहयोग गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व अध्यक्ष कैलास भक्त प्रधानङ्गले रकम हस्तान्तरण गरेका हुन् । उनले रकम हस्तान्तरण गर्दै सहकारी क्षेत्रमा शाहद्वारा पु¥याइएको योगदानको स्मरण गर्दै शाहबाट धेरै कुरा सिकेको बताए ।
रकम हस्तान्तरणमा एकिकृत बचत तथा ऋण सहकारी संघ लिमिटेड काठमाण्डौंका अध्यक्ष देवनारायण चौलागाई, सक्षम साकोस बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठ तथा नारी साकोस भक्तपुरका सावित्री धौवडेलले शाहको शिघ्र स्वास्थ्य लाभको कामना गरिन् ।
सहयोग रकम हस्तान्तरणका लागि काठमाण्डौबाट ९ सदस्यीय सहकारी टोली शाहको घर पुगेका थिए । २००५ सालमा सल्यानमा जन्मिएका शाह दाङ्गमा १५ वर्ष शिक्षण पेशामा आबद्ध थिए । २०५७ सालमा तत्कालिन माओबादीबाट विस्थापित भएका शाह नेपालगन्ज–१, धम्बोझिमा आए । राजनीति गर्दै सहकारी प्रवेश गरेका शाह शुभम् बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष हुदै हाल उपाध्यक्ष छन् । उनी नेपाली काँग्रेसका सक्रिय सदस्य हुन् । शाहका श्रीमतीसहित दुई छोरा, एकछोरी छन् ।