File Photo
रुकुमपूर्व ११ असोज : गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ ।
हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो । गएको वैशाखमा बुकी पाटनमा उक्लिएका भेडी बथान र जेठको महिनामा उक्लिएका गाईको बथान गाउँमा झर्नेक्रम चलिरहेको पुथाउत्तरगङ्गा गाउँपालिका–१० का विकास बुढामगरले बताए ।
बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएपछि हरेक वर्षमा पुथाउत्तरगङ्गा गाउँपलिकाका सबै कृषक आफूले पालेका बस्तुभाउसहित वैशाखमा बुकी पाटनमा उक्लने गरेका छन् । अब चिसो मौसम सुरु हुन थालेसँगै बुकी पाटनबाट गोठाला भेडाबाख्रा र गाईको बथानसहित बेँसी झर्न सुरु गरेको बुढाले बताए ।
तकसेराकै अर्का भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्मको करिब ६ महिने अवधि पाटनमा गएका गोठालाले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनीहरुले खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । उनीहरुले भेडालाई नै खाद्यान्न बोकाएर लगेका हुन्छन् । उनीहरु बुकीमा दुई÷दुई महिनाको अवधिमा ठाउँ फेर्दै हिँड्ने गरेको बुढाले बताए ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग छ महिना बिताउने गरेको पुथाउत्तरगङ्गाका सुवा बुढामगरले बताए ।
पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् । पुथाउत्तरगङ्गा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक पशुपालन (भेडापालन) गर्न भने सकिँदैन ।
चिसो मौसम सुरु हुन थालेसँगै बेसी झारिएका तीनै भेडी बथानलाई अबको एक महिनापछि तातो ठाउँ खोज्दै रुकुम (पश्चिम), रोल्पा, सल्यान, सुर्खेत, दाङलगायतका क्षेत्रमा झार्ने बुढाले बताए ।
उनका अनुसार तातो ठाउँ खोज्दै यी ठाउँमा पुगेका गोठालाले चैतको अन्तिम साता पुनः भेडी बथानलाई गाउँ फर्काउने गर्छन् । पुथाउत्तरगङ्गाका अधिकांश मानिसले घरमा ५०/६० देखि ५००/६०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् । -रासस
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही