नेपालगन्ज १२ असोज : होटल र अटोमोबाइल क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नेपालगन्जका सिताराम यादवले फक्सवागन गाडीको शोरुम पाएका छन् । नेपालगन्जको पहिलो स्टार भेरी होटलबाट व्यवसाय शुरु गरेका यादवले अब कारको ब्यवसाय पनि गर्न थालेका छन् ।
उनले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पर्ने गनापुरमा फक्सवागन गाडीको शोरुम स्थापना गरेका छन् । भेरी अटो मोबाइलको नाममा डिलरशीप लिएका यादवले फक्सवागन गाडी यही दशैंदेखि विक्री गरिने सेतोखरीलाई जानकारी दिए ।
विश्वमै प्रसिद्ध मानिएको फक्सवागन जर्मनी गाडी हो । नेपालगन्जमा जडो गाडेर बसेका हुण्डाई, सुजुकी, किया लगायत कम्पनीका गाडीसंग यादवले फक्सवागन गाडीको प्रतिस्प्रर्धा गर्नुपर्नेछ ।
फक्सवागनको भर्खरै नेपाल भित्रिएको चर्चित ब्राण्ड ‘टाइगुन’ एसयूभी यादवले सोमबार मात्र नेपालगन्ज ल्याइपुर्याएका छन् ।
टाइगुन लगायत पोलो पनि फक्सवागनको चर्चित ब्राण्ड हो । नेपालमा प्रतिक्षा गरिएको टाइगुन कम्प्याक्ट एसयूभी आकर्षक डिजाइन र आधुनिक फिचरले भरिपूर्ण रहेको छ ।
टाइगुनमा सिंगल पिसको हेडलाईट, टुस्ल्याट क्रोम ग्रिल तथा लोअर बम्परमा प्रयोग भएको क्रोमले यसलाई कन्टेम्प्रोररी यूरोपियन डिजायन ल्याङ्वेजको फिल दिएको छ । त्यस्तै यसको वारपारसम्म फैलिएको टेललाइट क्लष्टर तथा रियर बम्परमा दिएको क्रोम एसेन्ट, ड्यूल टोन अलोय ह्वीलले यसलाई कुशकबाट धेरै भिन्न देखाएको छ ।
एप्पल कार प्ले तथा एन्ड्ररोइड अटो, माई फक्सवागन कनेक्ट एपसहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिल इन्ट्रमेन्ट क्लष्टर सहितको भिजुअल ककपिट यसमा रहने छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसवी टाइप सिपोर्ट, वायरलेस चार्जिङ प्याड, भेन्टीलेटेड सिट जस्ता धेरै विशेषता यसमा पाउन सकिन्छ ।
टाइगुन सेफ्टीको मामलामा समेत उत्कृष्ट रहने छ । यसमा ६ वटा एयरव्याग, इएससी, टायर प्रेसर डिफ्लेसन वर्निङ तथा आइएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ ।
फक्सवागनले टाइगुनमा टिएसआई फेमेलीको दुई फरक क्षमताको पेट्रोल इन्जिन प्रयोग गरेको भएपनि सुरुमा नेपाली बजारमा १.० लिटर थ्रि सिलिण्डर टर्बो इन्जिन मात्र उपलब्ध हुनेछ । उक्त इन्जिनले ११५ एचपी पावर तथा १७५ एनएम टर्क जेनेरेट गर्ने छ । यसमा सीक्स स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ । संभवत यसको मूल्य ५१ लाख रुपैयाँबाट नेपालमा शुरु हुनेछ ।