नेपालगन्ज १२ असोज : नेपाली काँग्रेस बाँकेको अधिवेशन आगामी कार्तिक पहिलो साता हुने भएकोछ । भर्खरैमात्र क्रियाशील सदस्यता विवाद समाधान भएको बाँके काँग्रेसको अधिवेशन आगामी कार्तिक पहिलो साता हुने भएको हो ।
बाँकेका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले केन्द्रिय निर्वाचन समितिले आफूलाई दशैंपछि मात्रै अधिवेशन प्रारम्भ हुने जानकारी गराएको बताए ।
सोह्र श्राद्ध चलिरहेकोछ, लगत्तै दशैं पर्ने भएकाले दशैं अघि नै बाँकेको अधिवेशन गर्न सम्भव नभएपछि निर्वाचनका सम्पूर्ण कार्यक्रम दशैंपछि नै गर्न जानकारी आएको भन्दै प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भट्टराईले भने–‘म त तयारी अवस्थामै छु, तर, सोह्र श्राद्ध चलिरहेकाले कार्यकर्तालाई अहिले त्यति सहज छैन, लगत्तै दशैं शुरु हुन्छ, त्यसकारण अब दशैंपछि मात्रै वडा अधिवेशन गर्न केन्द्रले मलाई भनेको छ ।’
उनका अनुसार दशैं सकिए लगत्तै बाँकेको अधिवेशन गरिनेछ । यस वर्ष असोज २१ गते घटस्थापना र दशैंको टिका असोज २९ गते रहेकोछ । भने कोजाग्रत पूर्णीमा कार्तिक २ गते परेकोछ ।
बाँकेमा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुन्छ । दोस्रो चरणमा ८ वटा पालिकामा पालिका अधिवेशन हुनेछ । त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।
अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भएपनि पालिकादेखि भने समूहगत प्रतिष्पर्धा हुने अवस्था देखिएको छ । बाँकेमा ९६७८ क्रियाशील सदस्य छन् ।
निर्वाचन समितिले केही जिल्लाको नामावली नै प्राप्त नभएको र प्राप्त भएको ठाउँमा पनि केही व्यवस्थापकीय तयारी नपुग्ने हुँदा बाँकी रहेका जिल्लामा दशैंपछि अर्थात कार्तिकमा एकैपटक वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ ।
२१ हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन हुँदैछ । वडा र पालिका अधिवेशन भइसकेका अन्य जिल्लामा भने दशैंपछि नै क्षेत्र र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै वडा र पालिका अधिवेशन हुन बाँकी छ । क्रियाशील विवादका कारण बाँकेमा असोज ९ गते मात्रै क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरिएको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही