दर्ता नगरि अनलाईन, पत्रपत्रिका चलाए साइबर क्राइमको भागेदार : महासंघ अध्यक्ष भण्डारी

बाँकेका दुई पत्रकारलाई स्कलरसीप दिइने


दर्ता नगरि अनलाईन, पत्रपत्रिका चलाए साइबर क्राइमको भागेदार : महासंघ अध्यक्ष भण्डारी

नेपालगन्ज २२ असोज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले दर्ता नगरि अनलाईन, पत्रपत्रिका नचालउन आग्रह गरेकाछन् । महासंघ बाँके शाखाले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ बाँके शाखाका अध्यक्ष भण्डारीले यस्तो आग्रह गरेका हुन् ।

‘बाँकेमा पछिल्लो समय दर्ताबिनै अनलाईन, पत्रपत्रिका प्रकाशन र सञ्चालनमा आएकाछन् । दर्ता नभएका अनलाईन, पत्रपत्रिका प्रकाशन र सञ्चालन गरेमा कुनैपनि बेला साइबर क्राइमको भागेदार भइन्छ । त्यसो नगर्नुहोला’ अध्यक्ष भण्डारीले भने ।

पत्रकारको दुर्घटना बीमा सम्झौता, कोभिड सम्मान र दशैं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ बाँकेका अध्यक्ष भण्डारीले भने–‘पत्रकारको आडमा बार्गेनिङ्ग गर्ने, सामाजिक सञ्जाल लगायतमा जथाभावि लेख्ने र पत्रकार आचरसंहिता बाहिर गएर मनोमानी गर्ने कार्य बढिरहेकाले यसमा महासंघले निगरानी गरिरहेकोछ ।’

महासंघले सबै पत्रकार र मिडियालाई निगरानी गरिरहेकोछ । पत्रकार र पत्रकारितासंग जोडिएका विषयमा महासंघले सुक्ष्म अध्ययन गरिरहेकोले हिजो के भयो त्यो भन्दा पनि अहिले महासंघले के गरिरहेको छ त्यो महत्वपूर्ण हो । महासंघ अध्यक्ष भण्डारीले भने– ‘काम गर्दा गर्दै नबुझेर महासंघका विषयमा सामाजिक सञ्जालमा नलेखौं, यसले साथीहरुलाई हतोत्साहित बनाइरहेकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष भण्डारीले अगाडी थपे–‘आचारसंहिता भन्दा बाहिर गएर समाचार नलेख्नुहोस्, त्यसो गरिएको पाइएमा महासंघ कडारुपमा अघि बढ्छ ।’

महासंघको नेतृत्व सम्हालेको ६ महिनामै बाँकेका पत्रकारको हकहितका क्षेत्रमा उपलब्धीमुलक कार्य गरेको भन्दै अध्यक्ष भण्डारीले अगाडी थपे –‘सामुहिक छलफल र समन्वयका साथ महासंघले बाँकेका पत्रकारका हकहितका क्षेत्रमा उल्लेख्य काम गरिरहेकोछ । यसमा महासंघ क्रमगत सफल भइरहेकोछ ।’

पत्राकरको हकहितका लागि महासंघ कटिबद्ध भएको बताउँदै अध्यक्ष भण्डारीले मास कम्युनिकेसन पढ्ने एक महिला एक पुरुष पत्रकारलाई स्कलरसीप दिइने घोषणा गरे ।

उनले अगाडी थपे–‘छिटै नै बाँकेका दुई अस्पतालमा पत्रकारको उपचारका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गर्दैछौं । अस्पतालसंग समन्वय भइरहेको र छिटैनै कार्यान्वयमा आउने छ ।’ महासङ्घ बाँके शाखामा आबद्ध ३२३ जना पत्रकारसहित जम्मा ३५३ जना पत्रकारहरुको दुई लाख रुपैयाँको दुर्घटना बीमा गरिएकोछ ।