क्यान्सर पीडित शाहको निधन


क्यान्सर पीडित शाहको निधन

नेपालगन्ज : बचत तथा ऋण जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष विनोद कुमार शाहको निधन भएकोछ । विहीबार विहान साढे ८ बजे उनको निधन भएको हो । गतवर्षदेखि पेनक्रयाजको क्यान्सरबाट पीडित शाहको निधन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी निवासी शाहको आज निधन भएको थियो । शाहको आजनै बाँकेको अगैयामा हिन्दु परम्पराबाट दाहसस्कार गरिएकोछ ।

उनको निधनबाट समग्र सहकारी क्षेत्रले अभिभावक गुमाएको वडा नम्बर १ का वडा अध्यक्ष बताउँछन् । उनले भने–‘सामाजिक क्षेत्रमा क्रियाशिल शाह सहकारीको विकास र स्तरउन्नतीका लागि हरदम क्रियाशिल रहनुहुन्थ्यो । सहकारीलाई एकिकृत गर्नुहुन्थो ।’ वडा अध्यक्ष रिजालले भने –‘उहाँको पहलमा बाँकेको सहकारीमा धेरै परिर्वतन र सुधार भएकोछ ।’

नेपाली काँग्रेसका सक्रिय सदस्य समेत रहेका शाहको पार्थीव शरीरमा नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, नेपाल तरुण दलका जिल्ला अध्यक्ष विनोद शाह, सचिव विनोद रिजाल, वडा नम्बर ११ का वडाअध्यक्ष उज्जवल सिंह राठोर तथा नेपाली काँग्रेस वडा नम्बर १ की सभापती सीता काफ्लेले संयुक्तरुपमा पार्टीको झण्डा ओढाउदै एक मिनेट मौनधारण गरि श्रद्धाञ्जली समेत प्रकट गरेका थिए । शाहको निधन भएलगत्तै काँग्रेसका नेता, कार्यकर्ता, विभिन्न सहकारी पदाधिकारी, कर्मचारी तथा शुभचिन्तक घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शाह गत वर्षदेखि पेनक्र्याजको क्यान्सरबाट पीडित बनेका थिए । उनको स्वास्थ्य लाभको कामना गर्दै बैशाख २४ गते काठमाण्डौं, भक्तपुर र काभ्रेका सहकारीकर्मीको संयुक्त पहलमा एक लाख आर्थिक सहयोग समेत गरिएको थियो ।

विं.सं. २००५ सालमा सल्यानमा जन्मिएका शाह दाङ्गमा १५ वर्ष शिक्षण पेशामा आबद्ध थिए । शिक्षण पेशामा सक्रिय रहेका शाह तत्कालिन माओबादीबाट विस्थापित हुनु¥यो ।

विं.सं.२०५७ सालमा माओबादीबाट विस्थापित भएका शाह नेपालगन्ज–१, धम्बोझिमा बसाइसरी आए । नेपालगन्ज आएसगैं सामाजिक क्षेत्रमा क्रियाशिल बनेका शाह सहकारीमा प्रवेश गरे ।

पहिलेदेखिनै राजनीतिमा सक्रिय शाह नेपालगन्जको शुभम् बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष हुदंै उपाध्यक्ष बने । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष समेत रहेका शाह सल्यानी समाज बाँकेका अगुवा तथा समाजसेवीका रुपमा परिचित छन् । शाहका श्रीमतीसहित दुई छोरा र एकछोरी छन् ।