लुम्बिनी भ्रमण वर्षको शुभारम्भ


लुम्बिनी भ्रमण वर्षको शुभारम्भ

नेपालगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष–२०७६ को औपचारिक शुभारम्भ गरेकीछन् । शनिबार लुम्बिनीमा आयोजित बुद्धपूर्णीमा तथा लुम्बिनी भ्रमण वर्ष–२०७६को औपचारिक उद्घाटन गर्दै भ्रमण वर्षको शुरुवात भएको घोषणा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन समेत आग्रह गरेकीछन् । लुम्बिनीको विकासले प्रदेश ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरु योजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको समेत बताइन् । स्थानीयवासीको सहयोग र सहकार्यलाईसगै लिएर अघि बढ्न आग्रह गर्दै राष्टूपति भण्डारीले गुरुयोजना छिटो पुरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण समेत गराईन ।

उनले बुद्धस्थललाई जोडेर आन्तरिक तथा बाह्य पर्यटनको प्रर्बद्धन गर्दै बृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई यसप्रति ध्यान दिन आग्रह गरिन । उनले बुद्धपूर्णिमालाई बैशाख दिवसका रुपमा विश्वभर मनाने वातावरणका लागि पहल गरेकोमा सरकारलाई धन्यबाद समेत दिइन् । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रका रुपमा प्रर्वद्धन गनुैपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थितरता कायम गर्दै जानुपर्ने धारणा राखिन् ।

यस्तै शान्तिका अग्रदूत भगवान बुद्धको २५६३ औं जयन्तीका अवसरमा नेपालगन्ज लगायत देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

नेपालगन्जमा शनिवार बुद्धजयन्तीका अवसरमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा बागेश्वरी मन्दिर परिसरमा रहेको बुद्ध विहार मन्दिर र नेपालगन्ज न्यूरोडमा रहेको बौद्ध गुम्वाबाट विभिन्न भेषभूषासहित झाँकीको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
यशोधरा बौद्ध महिला संघ तथा झिंगु शाक्य पुचः नेपालगन्जको आयोजनामा भगवान बुद्धको दिव्य उपदेशमा आधारित भजन गाउँदै नगर परिक्रमा गरिएको हो ।

संघका अध्यक्ष सुदर्शना शाक्य र मोतीकाजी शाक्यले गाएको भजनमा सहभागी महिला पुरुषहरुले साथ दिएका थिए । ¥यालीमा नेवार भेषभुषामा सहभागी नेवाः पुचः बाँकेकी अध्यक्ष नन्दादेवी श्रेष्ठ, झिंगु शाक्य पुचः नेपालगन्जका अध्यक्ष नीलबहादुर शाक्य, बौद्ध महिला संघकी अध्यक्ष सुदर्शनाको नेतृत्वमा पतञ्जली योग समिति बाँकेको सहभागितासहित ¥याली निकालिएको थियो ।

भगवान बुद्धको दिव्य उपदेशमा आधारित ज्ञानमाला संघ आनन्द विहार तानसेन पाल्पाका सुवर्ण बज्राचार्य र सोम बज्राचार्यको गीतसंगीतमा तयार पारिएको भजनमा बुटवलबाट आएकी गायिकाद्वय रचना तुलाधर र प्रतिमा तुलाधरले भजन गाएको सरिता शाक्यले बताइन् ।

त्यसैगरि बौद्ध गुम्वाबाट बौद्ध धर्म संघका अध्यक्ष सञ्जीव लामा र बौद्ध धर्म गुरु गुनबहादुर लामाको नेतृत्वमा बाजागाजासहित विभिन्न जातजातिको भेषभूषामा सहभागीहरुले नगर परिक्रमा गरि बागेश्वरी मन्दिर परिसरमा रहेको बुद्ध विहार मन्दिरमा भेला भएका थिए ।