पुनमको जीवन रक्षाका लागि सहयोगको अपील


पुनमको जीवन रक्षाका लागि सहयोगको अपील

नेपालगन्ज : बोन म्यारो पीडित पुनम नेपाली ‘बादी’को जीवन रक्षाका लागि सहयोगको अपील गरिएकोछ । नेपालगन्जमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनको परिवारले सहयोगका लागि अपील गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी प्लाष्टिक एनिमीयाका कारण पुनमको ५ महिनादेखि बोन म्यारोमा समस्या देखिएको हो ।

उपचारका लागि अस्पताल धाउदाँ आफूसंग भएको लाखौं रुपैयाँ खर्च भएपनि स्वास्थ्यमा अझंै सुधार नआएको पुनमका पति सुरेश नेपालीले बताए । अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेपनि थप उपचारका लागि आर्थिक अभाव खड्कीएपछि पुनमको जीवन रक्षा गर्न आर्थिक सहयोगका लागि परिवारले सवैसंग आग्रह गरेकोछ ।

उपचारमार्फत पूर्ण निको हुन करीव १५ लाख खर्च लाग्ने चिकित्सकले बताएपछि आर्थिक सहयोगका लागि आह्वान गरिएको हो । पुनम नेपाली ‘बादी’लाई बचाउन अभियानमार्फत शनिवार आयोजित पत्रकार सम्मलेनमा पति नेपालीले बोन म्यारो उपचारका लागि रकम आवश्यक परेको दुःखेसो पोखे।

पत्रकार सम्मेलनमा सहयोगी मनकारी दाताले पुनमका श्रीमान सुरेश नेपालीको बैंक अफ काठमाण्डौ नेपालगन्ज शाखामा रहेको खाता नं. ०५०५०००१८११७५२४ मा सहयोग रकम जम्मा गर्न आग्रह गरिएको छ ।