नेपालगन्जमा सामुहिक ‘इफ्तार’


नेपालगन्जमा सामुहिक ‘इफ्तार’

नेपालगन्ज : मुस्लिम धर्मावलम्बिहरुको पवित्र महिना रमजानको अवसरमा सामुहिक इफतार गरिएकोछ । रमजानको अवसरमा नेपालगन्जमा रहेको खिदमत ग्रुपले सामुहिक इफतार गरेको हो ।

हरेक वर्ष रमजानको अवधिमा आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिदै यो वर्ष पनि सामुहिक इफतार गरिएको खिदमत ग्रुपका सदस्य फिरोज अन्सारीले जानकारी दिए ।

नेपालगन्ज वडा प्रहरी कार्यालय छेउ डीएसपी रोडमा सामूहिक इफतार गरिएको हो । सो अवसरमा सयौंको संख्यामा उपस्थित मुस्लिम समुदायका रोजेदार (व्रतालुले) इफ्तार (ब्रत सकिएपछिको भोजन) ग्रहण गरेका हुन् । एक महिने रोजा(व्रत) सकिएको भोलीपल्ट मुस्लिम धर्मावलम्बिहरुको महान चाड ईद मनाइन्छ ।