‘डान्स बाँके डान्स–२०७८’ का लागि धमाधम अडिसन


‘डान्स बाँके डान्स–२०७८’ का लागि धमाधम अडिसन

नेपालगन्ज ३० कार्तिक : ‘डान्स बाँके डान्स–२०७८’ प्रतियोगिता अन्र्तगत बाँकेको कोहलपुर र बर्दियाको राजापुर अडिसन सम्पन्न भएकोछ । बाँकेमै हालसम्मको ठूलो धनराशी सहितको डान्स प्रतियोगिताका लागि यतिबेला अडिसन चलिरहेको छ । सोही अडिसन अन्र्तगत बाँके र बर्दियाका २६ जना प्रतिस्प्रर्धी छनोट भएका हुन् ।

रोयल डान्स प्रालिको आयोजनामा आगामी मंसिर ११ गते मेगा अडिसन हुने र पुस ३ गते ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिता अन्र्तगत गत कार्तिक २४ गतेदेखि नेपालगन्ज, कोहलपुर, गुलरिया, राजापुर, दाङ र धनगढीमा अडिसन सुरु भएको आयोजक रोयलका सियो रोहित थापाले जानकारी दिए ।

आयोजक रोयल डान्स प्रालिले बाँकेको कोहलपुर अडिसन ४८ जना प्रतिस्प्रर्धी सहभागिता जनाएको बताएकोछ । सो अडिसनबाट रितिका सापकोटा, सम्झना विक, विपिन परियार, विनिसा शाही, सुशान्त घर्ती भुजेल, प्रसन्न थापा, निरुता थापा, पल्लवी शाही, रविन पुनमगर, भावना रानामगर, धनमाया परियार, पंकज परियार, चाँदनी परियार, कृष्मा खड्का, अलिस विष्ट, एलिना एैगार, अर्जुन चौधरी र फुलन खत्रीलाई मेगा अडिसनका लागि छनोट गरेकोछ ।

यस्तै बर्दियाको राजापुर सम्पन्न अडिसनमा ३५ जनाले प्रतिस्प्रर्धा गरेका थिए । जसमध्ये ममता थाइ, सोहन शर्मा, कञ्चन शाही ठकुरी, प्रमिला तिमिल्सिना, सहारा रिजाल, रुपा थारु, नम्रता सोनाह, आरुण थारु र नवनित डाँगीलाई मेगा अडिसनका लागि छनोट गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

रोयलका सिओ थापाले भने–‘आगमी मंसिर ३ गते धनगढीमा, ४ गते नेपालगन्जमा, ५ गते दाङमा र गुलरियामा ६ गते मेगा अडिसनका लागि प्रतिस्प्रर्धी छनोट गरिनेछ ।’ उनले अगाडी थपे–‘अडिसन राउण्ड सम्पन्न भएपछि त्यहाँबाट चुनिएका प्रतिस्प्रर्धीलाई आगामी मंसिर ११ गते नेपालगन्जस्थित नेपालगन्ज कटेजमा हुने मेगा अडिसनमा प्रतिस्प्रर्धा गराइनेछ । मेगा अडिसनबाट छनोट भएकाबीच आगामी पुस ३ गते हुने फाइनल अर्थात ग्राण्ड फिनालेमा प्रतिस्प्रर्धा गराइनेछ ।’

आयोजकले प्रतियोगितामा ५ वर्ष माथिका जोकोहीले भाग लिन पाउने ब्यवस्था गरेकोछ । पश्चिम क्षेत्रमा लुकेर रहेका डान्सरहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पछिल्लो समय नेपालमा भइरहेका रियालिटी शोको फर्म्याटमा जस्तै यो प्रतियोगितामा पनि ‘वाइल्ड कार्ड इन्ट्री’ व्यवस्था रहेको आयोजक रोयलका सिअयो थापाले बताए ।

सम्भवतः यो प्रतियोगिता नेपालगन्जमै अहिले सम्मकै बढी राशि भएको प्रतियोगिता रहेको आयोजकको दावि छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, द्वितीय हुनेलाई २५ हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, तृतीय हुनेलाई १५ हजार र आकर्षक गिफ्ट र चौथो हुनेलाई ७ हजार र आकर्षक गिफ्ट पुरस्कार दिइनेछ ।

साथै, प्रतियोगितामा बेस्ट डान्सर पुरस्कारको व्यवस्था समेत गरिएको छ । बेस्ट डान्सरले नगद ३ हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको ग्राण्ड फिनालेमा नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । जसमा नायक दीलिप रायमाझी, मोडल आस्मा विश्वकर्मा, सियोन श्रेष्ठ, सुजन मार्पा र नेक्स क्रुका प्रदीपको उपस्थिती तथा प्रस्तुती रहनेछ भने कार्यक्रमको होस्ट नेपालगन्जका सञ्चारकर्मी रवि बस्नेतले गर्नेछन् ।

थप समाचार

‘डान्स बाँके डान्स–२०७८’ का विजेताले ५० हजार पुरस्कार पाउने