नेपालगन्ज ३ मंसिर : स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा एक दिने बाढी विपद् आधारित कृतिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक सञ्चालन भएको थियो ।
विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे ।
उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो ।
अनलाइन प्राविधिबाट सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी एवं सदस्य, विषयगत शाखाका प्रमुख, जिल्ला विवद् व्यवस्थापन समितिका अध्यक्ष एवं फोकल पर्सन, नेपाल रेडक्रस सोसाइटी शाखा र उपशाखाका पदाधिकारी, प्रतिनिधि, कर्मचारी, आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँके र बर्दियाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही