स्वर्गीय आमा दिलकुमारी मल्लका साथ काँग्रेस नेता मल्ल
नेपालगन्ज : नेपाली काँग्रेस बाँकेका नेता तथा संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीलाई मातृ शोक परेको छ । बाँकेको खजुरा निवासी मल्लकी आमा दिलकुमारी मल्लको ९५ वर्षको उमेरमा मंगलबारराती निधन भएको हो ।
आमाको निधन पछि मल्लपरिवार शोकमा डुवेकोछ । मल्लको बुधबार बाँकेको मानखोलामा हिन्दु धर्मअनुसार दाहसंस्कार गरिएको नाती विबेक मल्ले जनाएकाछन् ।
यसैबीच नेपाली काँग्रेस बाँकेले संगठन विभाग प्रमुख एवंम काँग्रेसका नेता मल्लकी आमाको निधनप्रति समवेदना प्रकट गरेकोछ । साविक क्षेत्र नम्बर ४ हाल क्षेत्र नम्बर ३ खजुरा गाँउपालिका निवासी काँग्रेस नेता मल्लको आमाको निधनप्रति बुधबार समवेदना प्रकट गरिएको हो ।
नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालाद्वारा जारी समवेदनमा शोकाकुल परिवारप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामनासहित समबेदना प्रकट गरिएको छ । स्व. मल्लका दुई छोरा र ५ छोरी छन् ।