कोहलपुर: नेपाल प्रहरीको जवान पदमा आवेदन दिन नेपालगन्ज आएका एक युवककोे निर्ममतापूर्वक हत्या भएकोछ । बाँकेको कोहलपुर स्थित बसपार्क छेउमा उनको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित नयाँ बसपार्क नजिकै धारिलो हतियारले निर्मतापूर्वक घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको शव भेटिएको हो ।

ठकुरीको घाँटी धारिलो हरियारले रेटिएर छुन्निन लागेको अवस्थामा फेला परेको कोहलपुर प्रहरीले जनाएको छ । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । स्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन एक अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्कीएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ । घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुर मार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको छ । तर घटना सार्वजनिक भएको ८ घण्टा भन्दा बढि समय हुदाँ सम्म प्रहरली अभियुक्तलाई पक्राउन गर्न सकेको छैन । मृतक ठकुरीले प्रयोग गर्ने मोवाईलमा कल डिटेलमार्फत अनुसन्धान गरि अपराधिलाई पक्रन सक्ने आफन्तले बताए पनि त्यसतर्फ प्रहरीको ध्यायन पुग्न नसकेको आफन्तले जिकिर गरे ।

आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी