नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १मा वडा स्तरीय युवा क्लब गठन गरिएकोछ । वडाका युवाहरुको सहभागितामा भएको भेलाले वडा स्तरीय युवा क्लब गठन गरेको हो ।
वडामा युवा गतिविधि सञ्चालन गर्दै युवा, बालबालिका तथा सामाजिक कार्य गर्ने युवाक्लबको उद्देश्य रहेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १का कार्यबहाक वडा अध्यक्ष जगमोहन काँदूको अध्यक्षतामा बसेको युवाको भेलाबाट सहाबुद्दिन हलवाईको नेतृत्वमा वडा स्तरीय युवा क्लब गठन गरिएको हो ।
यस्तै सो युवा क्लबमा उपाध्यक्ष प्रेरणा गिरी, सचिवमा लक्ष्मी बैश्य, सहसचिवमा आँचल गुप्ता र कोषाध्यक्षमा देवा बहादुर क्षेत्रीलाई चयन गरिएकोछ । भने १३ सदस्यिय कार्यसमिति रहेको युवा क्लबको सदस्यहरुमा दिपाली वैश्य, श्वेता खड्का, सजाता थापा, आरती जैसवाल, जोगराज गोडिया, विजेता उपाध्याय, हेमलाता गुरुङ्ग र राकेश सुनार रहेकाछन् ।
नवगठित युवा क्लबका पदाधिकारीहरुलाई कार्यबहाक वडा अध्यक्ष जगमोहन काँदूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।