दोस्रो पटक राष्ट्रपति नेपालगन्ज आउदै


दोस्रो पटक राष्ट्रपति नेपालगन्ज आउदै

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा गत वैशाख ५ गते पहिलो पटक नेपालगन्ज आएकी राष्ट्रपति विद्यादेवि भण्डारी पुनः नेपालगन्ज आउन लागेकिछन् । डेढ महिनाको अन्तरालमा दोस्रो पटक उनी नेपालगन्ज आउन लागेकी हुन् ।

राष्ट्रपति भण्डारी जेठ २१ गते मङ्गलबार नेपालगन्जमा हुने सामुहिक इफ्तार कार्यक्रममा सहभागिता जनाउन आउन लागेको बताइएकोछ ।
रमजनाको महिनामा व्रत (रोजा) बसिरहेका नेपाली मुस्लिम समुदायले आयोजना गरेको सामुहिक इफ्तार कार्यक्रममा उनी सहभागि हुदैछिन् ।
दिनभरी व्रत बसेर बेलुका व्रत खोल्ने(ताड्ने) कार्यलाई इफ्तार भनिन्छ । सोही इफ्तारका लागि राष्ट्रपति नेपालगन्ज आउन लागेकी हुन् ।

नेपालगन्जको सिद्धार्थ कटेजमा आयोजना हुने सामुहिक इफ्तार कार्यक्रममा सहभागिता जनाउन राष्ट्रपति भण्डारी मंगलबार बेलुका सहभागिता रहने इत्तेहात संगठनका केन्द्रिय सदस्य मोहम्मद हारुनले जानकारी दिए ।

उनले पहिलो पटक राष्ट्रप्रमुख इफ्तार कार्यक्रममा सहभागि हुने भएपछि नेपाली मुस्लिम समुदाय हर्षित भएको बताए । इफ्तार कार्यक्रममा राष्ट्रप्रमुखको सहभागिता हुनुलाई उत्साहकासाथ हेरिएकोछ । यसले सबै धर्म सम्प्रदाय एक छ भन्ने सन्देश प्रवाह गर्ने हारुनले भने ।
इफ्तार कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति भण्डारी नेपालगन्ज आउन लागेका इफ्तार कार्यक्रमको समेत अगुवाई गरिरहेका हारुनले भने मंगलबार बेलुका ७ बजेसम्म ईफ्तारको कार्यक्रम हुनेछ ।

राष्ट्रपति भण्डारीको उपस्थितीमा हुने ईफ्तार कार्यक्रममा विरयानी, सेवई र खजुरका परिकार राखिनेछ । यस बाहेक अन्य फलफुल लगायतका परिकार पनि हुनेछ । मुख्यरुपमा विरयानी र सेवई, खजुर ईफ्तारमा धेरै प्रयोग हुन्छ । राष्ट्रपति सहभागि हुने ईफ्तारको तयारीमा एक महिनादेखि नै यहाँका मुस्लिम समुदाय जुटेका थिए । अहिले सम्पूण तयारी पुरा भएको हारुनले बताए ।

मुस्लिम समुदायका पाँच स्तभ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमपा परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको छ ।