नेपालगन्ज : भारत उत्तर प्रदेशको सीमावर्ती बजारमा नेपालबाट रक्सी तस्करी हुने गरेको छ । रक्सी तस्करले खुल्ला नाकाको फाइदा उठाइरहेका छन् । केही दिनअघि प्रहरीले दशगजा नजिकको जमुनाहा गाउँबाट ठूलो मात्रामा रक्सी बरामद गरेको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जले १ सय ६४ कार्टुन विभिन्न ब्रान्डका सोफी रक्सी बरामद गरेको हो ।
नेपालगन्जका विभिन्न टोलहरुमा बन्ने घरेलु रक्सी नाका छेउका गाउँमा लगेर राख्ने र पायक पर्दा भारततिर पठाउने गरेको पाईएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगी बताउँछन् । मदिराप्रेमी भारतीयहरुले यतै आएर खाने गरेका पनि छन् उनले भने ‘रेल चढेर सीमावर्ती नेपाली बजारमा मदिरा सेवन गर्न आउनेको पनि कमी छैन ।’
घरेलु हिंसादेखि झैझगडाको कारणमध्येमा गनिने मदिराविरुद्ध प्रहरीले अप्रेसन गर्दै आएको छ । नेपालगन्ज बजारभित्रै प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान चाल्दै आए पनि यसको न्यूनिकरणमा भने प्रभाव देखिएको छैन् । पछिल्लो समय वडा प्रहरीले जमुनाहा गाउँलाई निगरानी गरिरहेको छ । दशगजासँग जोडिएको यो गाउँमा दिउँसो सामान पु¥याएर थुपार्ने र मौका मिल्दा पारी पठाउने गरिन्छ । यसअघि त्यहाँबाट कालो मरिच पनि बरामद गरिएको थियो ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी