नेपालगन्ज : सरकारले सबै बालबालिकालाई बिद्यालय भर्ना गराएर आधारभ“त तहसम्मको शिक्षा निशूल्क प्रदान गर्ने घोषणा गरे पनि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भने अझै पनि ८ हजारबढी बालाबलिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको पाइएको छ ।
आर्थिक अवस्था कमजोर भएका नेपालगन्ज उपमहानगरका ८ हजारभन्दा धेरै बालबालिका अझैपनि विद्यालयको पहुँचभन्दा बाहिर छन् । ४ हजार ६० बालबालिकाहरले त झन विद्यालयको मुखै हेर्न नपाएको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१७ का राजन कनोजियाले आर्थिक अभावका कारण पढ्ने रहर हुँदाहुदैपनि बीचमै पढाइ छोड्ेको बताए । कक्षा ६ उर्तिण मुस्कान राई पढ्नलाई कक्षा ७ पढ्न उहाँलाई आर्थिक अभावले समस्या पारिरहेको छ. ।
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय सरकारसँग ठोस योजना देखिदैन् । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर यसमा अभिभावकहरु नै जिम्मेवारी बन्नु पर्ने बताउँछिन् ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आधारभुत, निम्न माध्यामिक र माध्यामिक गरी ! सय ५३ वटा सामुदायिक विद्यालय छन् । उपमहानगरमा अझैपनि २७ हजार २ सय निरक्षर रहेको तथ्याङ्क छ ।