‘एक छाक नखाऔं, बच्चालाई पढाऔं’: प्रवक्ता रिजाल


‘एक छाक नखाऔं, बच्चालाई पढाऔं’: प्रवक्ता रिजाल

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवंम वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले एक छाक खाना नखाएर भएपनि आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्ने धारणा राखेका छन् ।

शिक्षाबाट कोही बन्चित हुन नपरोस् भन्नका लागि संविधानले नै प्रत्याभूत गराएको शिक्षाको अधिकारबाट कोही पनि बिमुख हुननपारेस् भन्दै उनले एक छाक खाना नखाएर भएपनि आफ्ना बच्चालाई विद्यालय पढाउन आग्रह गरे ।

धम्बोझि माध्यमिक विद्यालयमा सोमबार भएको छात्रवृत्ति वितरण कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रवक्ता रिजालले यस्तो आग्रह गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै उनले भने शिक्षा र शिक्षित व्यक्ति विनाको सुन्दर समाज परिकल्पना गर्न सकिदैन ।
‘बालबालिकाको गुणस्तरीय शिक्षाका लागि हामी सम्झौता नगरौुं प्रवक्ता रिजालले भने–विद्यालय र अभिभावकले मात्र चाहेर हुदैन यसका लागि विद्यार्थी स्वयमले अध्ययनमा रुची राख्दै अघि बढ्नुपर्ने बताए ।

छात्रबृत्ती प्रदान गर्दै प्रवक्ता एवम वडा अध्यक्ष प्रमोद रिजालले भने–‘अझ पनि नेपालगन्जका मधेशी र मुस्लिम समुदायका बालबालिकाहरु शिक्षामा पहुँच हुन सकेको छैन । भएतापनि कक्षा १० सम्म छ । जसमा बालिकाको उपस्थिती न्यूनछ ।’

उपमहानगरपालिकाले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न गल्र्स कलेज र विद्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेकोछ । यसले विशेषगरि मधेशी र मुस्लिम समुदायका बालिकाहरुलाई सहयोग गर्छ । आर्थिक अवस्था कमजोर भएका, असाह, जेहेन्दार बालबालिकालाई लक्षित गर्दै प्रदान गरिएको छात्रबृत्तिको रकम बालबालिकाकै शिक्षामा खर्च गर्न उनले आग्रह गरे ।

यूवा सशक्तिकरण बुलगारी परियोजना अन्र्तगत पौरखी बहुउद्देश्यीय सहकारि संस्था लिमिटेडको सहकार्यमा सामाजिक विकास मञ्च,(एसडीएफ) बाँकेले सो छात्रबृत्ति प्रदान गरेको हो ।

परियोजना अन्र्तगत उपमहानगरपालिकाका ८ सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ७० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप नगद ५ हजारका दरले रकम प्रदान गरिएको हो ।

पहिलो चरण अन्र्तगत ७० जनाले ५ हजारका दरल रकम प्रदान गरिएको छ । दोस्रो चरणमा पुनः ५ हजारका दरले रकम प्रदान गरिने सामाजिक विकास मञ्च, बाँकेका सचिव चम्फा सिंह थापामगरले बताए ।

उनले भने परियोजना अन्र्तगत धम्बोझी उमाविका १९ जना, सरस्वती उमाविका ९ जना, मङ्गल प्रसाद उमाविका ९ जना, महेन्द्र उमाविका ७ जना, नारायण माविका ७ जना, यूद्ध सँस्कृत माविका ७ जना, फुल्टेक्रा माविका १० जना र नेरानिमावि सल्यानीबङ्गलाका २ जना गरि ७० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको हो ।

धम्बोझि उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर चन्दको अध्यक्षतामा उक्त छात्रबृति प्रदान गरिएको थियो । छात्रबृत्ति प्रदान कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा शाखाका विनि दानबहादुर विष्ट, धम्बोझी उमाविका प्रध्यानाध्यापक बामदेव सुवेदी, वडा नम्बर १ का वडा सदस्य जगमोहन काँदूले छात्रबृत्ति प्रदान गर्दै प्राप्त सहयोगको सदुपयोग गरि सुन्दर भविष्य निर्माणमा अग्रसर रहन सुझाव दिएका थिए ।