नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को आगामी आर्थिक वर्ष २०७६/०७७ को योजनामाथि छलफल गरेकोछ ।
वडा कार्यालयले वडा भेलाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव भेला गरेको हो । वडा अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि उमा थापा मगर रहेकी थिइन् ।
कार्यक्रममा वडामा रहेका १३ वटै टोल विकास समितिले योजनाको प्रस्ताव गरेपछि वडा अध्यक्ष रिजालले केही दिनपछि बजेटको सिलिङ आउने भएकाले समुदाय तथा बस्तीबाट आएका योजनालाई प्राथमिकीकरण गर्न टोल विकास समितिलाई निर्देशन दिए ।
कार्यक्रममा भुतपुर्व सैनिक प्रहरी महासंघका केन्द्रीय अध्यक्ष धन बहादुर चन्द, नेकपाका प्रमोद धिताल र दत्तप्रसाद आचार्य, काँग्रेसका पुष्पा शाह, धम्बोझी क्लबका अध्यक्ष देवेन्द्र खड्का लगायतले सुझाव दिए । कार्यक्रम सञ्चालन वडा सदस्य डम्बर थापाले गरेका थिए ।