हिन्दु धर्म रक्षाका लागि युवालाई प्रशिक्षण


हिन्दु धर्म रक्षाका लागि युवालाई प्रशिक्षण

नेपालगन्ज : सनातन धर्म रक्षाका लागि शनिबार बाँकेको नेपालगन्जमा युवाहरुले ¥याली प्रर्दशन गरेकाछन् । नेपालगन्ज कोरियनपुर स्थित यूनाइटेड स्कुल अगाडीबाट सुरु भएको उक्त ¥यालीले नगर परिक्रमा गरेको हो ।

हिन्दु स्वयसेवक संघ नेपालको आयोजनामा भएको उक्त ¥यालीमा देशका ४० जिल्लाबाट आएका १ सय २५ युवा विद्यार्थीले विपीचोक हुदैँ वीरेन्द्रचोक, सेतुविक चोक
न्यूरोड भएर त्रिभुवन चोकबाट एमपी स्कुल हुदै डिएसपी रोड स्थित पशुपति स्कुलमा पुगी ¥याली समापन भएको संघका पश्चिम क्षेत्र प्रचारक विकुल दहालले जानकारी दिए ।

देशभरबाट आएका स्वयसेवक युवाहरुलाई सनातन धर्म रक्षा, हिन्दुलाई संगठित गर्दै ब्याप्त विकृति, विसंगती हटाउन आयोजित प्रशिक्षण कार्यक्रमको १७ औं दिनको अवसरमा सो ¥याली निकालिएको हो ।

हिन्दु स्वयसेवक संघको आयोजनामा आगामी असार ४ गते बेलुका ६ बजे प्रशिक्षण कार्यक्रम सम्पन्न हुनेछ । संघद्वारा आयोजित युवा प्रशिक्षण कार्यक्रमको समापनमा अन्तराष्ट्रिय बौद्ध महात्मा संघका अध्यक्ष फुफु छेम्बे शेर्पाको प्रमुख आतिथ्यता रहने संघका पश्चिम क्षेत्र प्रचारक दहालले जानकारी दिए ।

यस्तै समापन समारोहमा विशेष अतिथिका रुपमा जानकी मन्दिर जनकपुरका मुल महन्त रोशन दास, नेपाल प्रहरीका पूर्व एआजी कल्याण तिमिल्सेनाको उपस्थिती रहनेछ । भने भारत उत्तर प्रदेश आरएसएसका क्षेत्र प्रचारक अनिल प्रमुख वक्ताका रुपमा उपस्थिती हुने उनले बताए ।

दहालका अनुसार नेपालगन्ज स्थित रामलीला मैदानमा हुने समापन समारोहमा २० दिनसम्म प्रशिक्षण प्राप्त युवा स्वयमसेवकहरुले ब्याण्डबाजा सहित योग, आसन, व्यायाम, करातेँ प्रर्दशन गर्ने जनाए ।