नेपालगन्ज : ठकुरी सहयोग सञ्जाल बाँकेले आफ्नो पहिलो वार्षिक उत्सवमा ७ जनालाई छात्रवृत्ति प्रदान गरेकोछ । सञ्जालको वार्षिक उत्सवका अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा एकजना गैर ठकुरी सहित ७ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
बाँके जिल्लाका विभिन्न क्षेत्रमा रहेका गरिब, जेहेन्दार विद्यार्थीहरुको गुणस्तरीय शिक्षा प्राप्तीका लागि सो सहयोग गरिएको छ । शैक्षिक छात्रवृत्ति पाउने विद्यार्थीलाई सञ्जालले प्रति विद्यार्थी ८ हजारका दरले नगद प्रदान गरेको सञ्जालका सहप्रवक्ता एवं छात्रबृत्ति संयोजक भरतविक्रम सिंह ठकुरीले जानकारी दिए ।
सहयोग पाउनेमा बाँके जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने विद्यार्थीहरु टोपेन्द्र शाही, नेहारिका सिंह ठकुरी, गणेश सिंह, प्रकाश शाही, आकाश शाही र सरस्वती चन्द तथा गैरठकुरी उर्मीला चौधरीलाई छात्रवृत्ती प्रदान गरिएको छात्रबृत्ति समिति सदस्य यशोधा सिंह बताइन् ।
ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपकबहादुर शाहीको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्जालका केन्द्रिय कार्यवहाक अध्यक्ष अजयकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजश्री शाहले स्वागत मन्तब्य राखेकी थिइन भने सञ्जालका कोषाध्यक्ष अरुण विक्रम शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ठकुरी सहयोग सञ्जालले बाँके र आसपासका जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ठकुरी समुदाय तथा गैर ठकुरी समुदायका जोखिम तथा अप्ठेरामा परेकाहरुलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएकोछ ।
यसअघि सञ्जालले एञ्जिला शाह बचाउ अभियान अन्र्तगत ६५ हजार, बाँकेको खजुराकी एमविविएस अध्ययनरत प्रतिमा शर्मालाई २१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुका साथै विभिन्न दिवस तथा अवसरमा सहयोग तथा कार्यक्रम गर्दै आएकोछ ।
यस्तै सञ्जालका महासचिव कृष्णबहादुर मल्लले सञ्जालका बारेमा जानकारी गराएका थिए भने सचिव युवराज शाहले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ठकुरी सहयोग सञ्जाल प्रदेश पाँचका संयोजक संयोकजङ्ग शाह, प्रदेश ६ का संयोजक देवबहादुर शाही लगायतले शुभकामना दिएका थिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा