नेपालगन्ज ३ असार : सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् । सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको छ ।
यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डाक्टर राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकल सेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ ।
पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ ।
बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ ।
अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन । तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ’, स्वास्थ्यकर्मीले भनेका छन्, ‘बिरामी भनेको त लक्षण देखिएको भइहाल्यो ।’
विवाहगर्दा चिना हेर्ने गरिन्छ । थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ। सन्तान, दर सन्तानलाई सिकल सेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनु पर्ने भएको छ ।
बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको बताए ।
थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेलका नौ सय जना बिरामीले भेरी अस्पतालबाट औषधि खाइरहेको डाक्टर पाण्डेले जानकारी दिए । उनले पश्चिमका विभिन्न जिल्लामा तीन हजार आठ सय तीन जनाले नियमित औषधी खाइरहेको बताए ।
डाक्टर पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाई विवाह गर्दा नियन्त्रण गर्न सकिने बताए ।
‘बिरामी–बिरामीका बीचमा विवाह गर्नै भएन । बिरामी र बाहकको मात्रा बराबरी छ भने पनि विवाह गर्नु भएन। रगतजाँचेर कुण्डली मिलाएर विवाहगर्दा यो वंशाणुगत रोग नियन्त्रणमा आउँछ’, डाक्टर पाण्डेले भने ।
सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरुमा जाँच र उपचारको व्यवस्था गरेको छ ।
यतिबेला बाँकेको राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका मासिकल सेलको परीक्षण र उपचार भइरहेको छ । यसअघि राप्तीसोनारी –३ र ४ का ५ जनामा सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संकलित ६० जनाको नमुना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कुल ९ जनामा सिकलसेल तथा थालसेमिया रोग फेला परेको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ