नेपालगन्ज १८ कार्तिकः नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालय ई–पुस्तकालयको अवधारणतर्फ अघि बढ्ने भएको छ ।
पुस्तकालयमा गत भदौ २८ गते भएको अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई अब ई–पुस्तकालयको मोडेलमा पनि अघि बढाउनेगरी कार्यक्रम तय गरेको हो ।
पुस्तकालयको शुक्रबार सम्पन्न कार्यसमितिको बैठकले पुस्तकालयको चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्दै ई–पुस्तकालय बनाउनका लागि बजेट विनियोजन गरेको छ ।
कुल २७ लाख पाँच हजार रुपैयाँको बजेट निर्धारण गर्दै कार्यसमितिले ई–पुस्तकालयका लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको हो । अब पुस्कतकालयका आजीवन सदस्यहरुमध्येबाट ई–पुस्तकालय उपसमिति गठन गरी काम अघि बढाइने पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए ।
यसवर्ष ई–पुस्तकालयका लागि आवश्यक भौतिक स्रोतसाधन खरिद गर्ने र ई–पुस्तकालयको सुुरुवात गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए । आफूहरुको कार्यकालमा महेन्द्र पुस्तकालय ई–पुस्तकालयको पूर्ण मोडेलमा गइसक्ने उनको दावी छ ।
यसका साथै पुस्तकालयमा केही हप्तामै वाचनालय सञ्चालन गर्ने, पुस्तकहरु पाठकहरुले पढ्न पाउने व्यवस्था मिलाउने र सभाहल सञ्चालन ल्याउने पनि उनले जानकारी दिए ।
पुस्तकालयबाट पुस्तक घरमा लिएर पढ्नेगरी नियमित पाठक बन्नका लागि सदस्य बन्न चाहनेहरुका लागि सदस्यता आवेदन पनि खुला गरिएको यादवले जानकारी दिएका छन् ।
पुस्तकालयको नियमित पाठक बन्न चाहनेहरुले दुई सय रुपैयाँ शुल्क तिरेर सदस्यता लिन सक्नेछन् । त्यस्ता सदस्यहरुले पुस्तकको मूल्यको केही प्रतिशत धरौटी राखेर पुस्तक फिर्ता गर्नेगरी घरमा लिएर अध्ययन गर्न पाउनेछन् ।
विस २००३ सालमा नेपालगन्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । २०५४ सालपछि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालयमा २०७८ चैत २९ गते तदर्थ समिति गठन भएको थियो । उक्त समितिले गत भदौ २८ गते अधिवेशन गराई निर्वाचित भएको कार्यसमितिले अहिले पुस्तकालयलाई पुनर्जीवन दिने प्रयास गरिरहेको जनाएको छ ।
थप समाचार
साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पायो
महेन्द्र पुस्तकालय अब १० बजे खुल्ने
महेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित
जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर