नेपालगन्ज ३ असोज : नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयमा अब लयमा फर्किने संकेत देखिएको छ । अब भदौ ४ गते मंगलबारबाट पुस्तकालय बिहान १० बजे खुल्ने भएको छ ।
भदौ २८ गते सम्पन्न १७ अधिवेशनबाट पुस्तकालयमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै पुस्तकालयले लय समातेको हो ।
नवनिर्वाचित कार्यसमितिले पुस्तकालय सञ्चालनका लागि एकजना कर्मचारी ६ महिनाका लागि करारमा नियुक्त गरेर तत्कालका लागि लेखा तथा प्रशासनको काम सुचारु गर्ने निर्णय गरेको हो ।
ती कर्मचारीलाई मंगलबारदेखि बिहान १० बजे पुस्तकालय खोल्न निर्देशन दिइएको छ, भने पुस्तकालयमा आउने आगन्तुकहरुलाई स्वागत गर्ने, रेकर्ड राख्ने, केही दिनमै पुस्तक पढ्न चाहनेहरुलाई सो सुविधा उपलब्ध गराउने जिम्मा दिइएको छ ।
पुस्तकालयका क्रियाकलापलाई थप बढाएर लैजान कार्यसमितिले काम सुरु गरेको पुस्तकालयका अध्यक्ष बलराम यादवले बताए । पुस्तकालयमा नेपालगन्ज उपमहानगरपालिकासँग मिलेर कात्तिक २ र ३ गते नेपाल–भारतमैत्री कवि सम्मेलन गर्ने निर्णय पनि कार्यसमितिले निर्णय गरेको छ ।
थप समाचार
साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पायो
जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर