महेन्द्र पुस्तकालय अब १० बजे खुल्ने


महेन्द्र पुस्तकालय अब १० बजे खुल्ने

नेपालगन्ज ३ असोज : नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयमा अब लयमा फर्किने संकेत देखिएको छ । अब भदौ ४ गते मंगलबारबाट पुस्तकालय बिहान १० बजे खुल्ने भएको छ ।

भदौ २८ गते सम्पन्न १७ अधिवेशनबाट पुस्तकालयमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै पुस्तकालयले लय समातेको हो ।

नवनिर्वाचित कार्यसमितिले पुस्तकालय सञ्चालनका लागि एकजना कर्मचारी ६ महिनाका लागि करारमा नियुक्त गरेर तत्कालका लागि लेखा तथा प्रशासनको काम सुचारु गर्ने निर्णय गरेको हो ।

ती कर्मचारीलाई मंगलबारदेखि बिहान १० बजे पुस्तकालय खोल्न निर्देशन दिइएको छ, भने पुस्तकालयमा आउने आगन्तुकहरुलाई स्वागत गर्ने, रेकर्ड राख्ने, केही दिनमै पुस्तक पढ्न चाहनेहरुलाई सो सुविधा उपलब्ध गराउने जिम्मा दिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पुस्तकालयका क्रियाकलापलाई थप बढाएर लैजान कार्यसमितिले काम सुरु गरेको पुस्तकालयका अध्यक्ष बलराम यादवले बताए । पुस्तकालयमा नेपालगन्ज उपमहानगरपालिकासँग मिलेर कात्तिक २ र ३ गते नेपाल–भारतमैत्री कवि सम्मेलन गर्ने निर्णय पनि कार्यसमितिले निर्णय गरेको छ ।

थप समाचार

साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पायो

जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय