महेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित


महेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित

नेपालगन्ज १२ असोजः नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पाँच जना पदेन सदस्यहरु मनोनित गरेको छ ।

कार्यसमितिको तेस्रो बैठकले पाँच जना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने विधानको व्यवस्थाअनुसार मनोनित गरिएको सचिव मणी अर्यालले जानकारी दिए ।

मनोनयन गरिएका पदेन सदस्यहरुमा शिक्षित महिलातर्फ ललिता उपाध्याय, नजिकका विद्यालयका शिक्षकमा मंगलप्रसाद माविमा कार्यरत ऋचालक्ष्मी श्रेष्ठ, स्थानीय निकायको प्रतिनिधिमा पुस्तकालय अवस्थित नेपालगन्ज वडा नम्बर–८ का वडाध्यक्ष वा निजले तोकेका व्यक्ति, प्रतिष्ठित व्यक्तिमा वरिष्ठ साहित्यकार सनत रेग्मी र गैरसरकारी संस्थाका तर्फबाट सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्ट रहेका अर्यालले जानकारी दिए ।

यसैगरी नरैनापुर गाउँपालिकासँग पुस्तक राख्ने दराजका लागि माग गर्ने निर्णय पनि बैठकले गरेको छ । यससँगै अब पुस्तकालयले थप तीव्रताका साथ काम अघि बढाउने अर्यालको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बसेको बैठकले पुस्तकालयको तीन वर्षे र एक वर्षे कार्ययोजना तयार गर्ने निर्णय पनि गरेको छ । कार्ययोजनाका लागि गृहकार्य अन्तिम चरणमा रहेको अध्यक्ष यादवले बताएका छन् ।

यसैबीच पुस्तकालयका लागि आवश्यक सुझाव संकलनसमेत गर्ने उद्देश्यले असोज १४ गते शुक्रबार दशैंतिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिने सचिव अर्यालले जानकारी दिएका छन् ।