नेपालगन्ज १९ वैशाख : नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणलाई तातो हावाबाट जोगाउन घरघरमा स्वयंसेवक खटाइको छ ।
उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकाले घरघरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ मा स्वयमसेविका पुनम सोनीका साथमा स्थानीय दुई किशोरी सन्ध्या शाही र रोजिना बुढाथोकीलाई स्वयंसेवक खटाइएकोछ । उनीहरुले हातमा पर्चापम्पलेट लिएर जोखिममा रहेका घरपरिवारको घरदैलोमा भटी अत्यधिक गर्मी र लु बाट बच्न उपाय सिकाउने गरेकाछन् ।

उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामुलक पर्चापम्पलेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेकाछन् । घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्र्पक गर्ने लगायतका विषयमा जानकारी दिइरहेकाछन् ।
रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झनाका अनुसार टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायत अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन स्वयंसेवक खटाइएको जानकारी दिए । केही दिनअघि मात्र स्वयसेवकलाई प्रशिक्षण दिई घरदैलोका लागि खटाइएको हो ।
अमेरिकन रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र