मनिकापुर पुगेर धवलले भने ‘चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्नुहोस्’


मनिकापुर पुगेर धवलले भने ‘चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्नुहोस्’

नेपालगन्ज २६ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मनिकापुरमा शनिबार नेकपा (एमाले) र राप्रपाको संयुक्त चुनावी सभा सम्पन्न भएको छ ।

आमसभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलशम्शेर राणाले चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्न आममतदातालाई आग्रह गरे ।

‘निर्वाचनको बेला पैसा, धोती र चामल बाँड्ने दलाल घर–घर छिर्ने क्रम सुरु भएको छ, भोट किनेर चुनाव जितौंला भन्ने सपना कसैले नगरे हुन्छ’, उनले भने, ‘अब जनता सचेत भईसकेका छन् आफ्नो वुद्धिमतापूर्ण निर्णयले मततान गर्नेछन् ।’

बाँके क्षेत्र नम्बर–२ मा नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवार जिताउन वडाबासी जनताहरु अझ चनाखोपूर्ण तरिकाले लाग्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गरे ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादवले बाँके क्षेत्र नम्बर–२ को समग्र विकास र समृद्धिको लागि नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन दुवै पार्टीका स्थानीय नेता कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गरे ।

चुनावी प्रचारका लागि मनिकापुरमा आयोजित चुनावी सभामा उल्लेख्यरुपमा जनसहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् स्थानीय नेता कृष्ण कार्कीले जानकारी दिए ।

उनले यसपटकको निर्वाचनमा मनिकापुरको करिब ८० प्रतिशत भन्दा बढि दुईतिहाई मत एमाले–राप्रपा तालमेलका उम्मेदवारको पक्षमा खस्ने दावी गरे ।

वडा नम्बर– २० मनिकापुरमा नेपालगन्ज उपमहानगरपालिकाभित्र सबैभन्दा धेरै ८ हजार बढि मतदाता रहेका छन् । धेरै भन्दा धेरै मत आफ्नो पक्षमा पार्न मनिकापुरमा नेकपा (एमाले) केन्द्रिय सदस्य शान्ति ढकाल, युवा नेता कार्की, राजकुमार योगी, विश्रामकुमार बर्मा, राप्रपा नेता नवराज सापकोटा लगायतका नेता कार्यकर्ता खटिएको एमाले वडा कमिटी अध्यक्ष चक्र बुढाले जानकारी दिए ।