नेपालगन्ज २५ वैशाख : मिडिया एड्भोकेसी ग्रुप (म्याग)को एक अध्ययनले ‘परराष्ट्र र सुरक्षा मामिला’ बिट हेर्ने महिला पत्रकारको संख्या देशभर ६.६ रहेको देखाएको छ । म्यागले सोमबार (२५ वैशाख)मा एक कार्यक्रम गरी आफ्नो अध्ययनको प्रतिवेदन सार्वजनिक ग¥यो ।
प्रतिवेदन अनुसार, सामाजिक बिटमा २३.९ प्रतिशत, राजनीतिक बिटमा १३.३ प्रतिशत र स्वास्थ्य बिटमा ११.१ प्रतिशत महिला पत्रकार कार्यरत रहेको देखाएको छ ।
यस्तै, आर्थिक, वातावरण र मनोरञ्जन बिट प्रत्येकमा ६.२ प्रतिशत, खेलकुदमा २.२ प्रतिशत, कानूनमा ०.४ प्रतिशत र सबै बिट (अलराउण्डर)मा ४ प्रतिशत महिला पत्रकार कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘विदेश तथा सुरक्षा मामिला रिपोर्टिङमा महिला पत्रकारको अवस्था’ केलाउनका लागि म्यागले अमेरिकी दूतावासको सहयोगमा छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत आठ सय महिला पत्रकारलाई प्रश्नावली पठाएको थियो । जसमध्ये पाँच सय महिला पत्रकारले दिएको जवाफका आधारमा यो प्रतिवेदन तयार गरिएको हो ।
सन् २०२२ नोभेम्बरदेखि २०२३ को फेब्रुअरीसम्म गरिएको यस अध्ययनमा सहभागी (५०० जना) मध्ये २३.६ प्रतिशतले परराष्ट्र र सुरक्षा मामिलामा महिला पत्रकारको सहभागिता कम हुनुमा जेण्डर स्टेरियोटाइप्स र लैंगिक पूर्वाग्रह मुख्य रहेको बताएका थिए ।
यस्तै, अध्ययनमा सहभागीमध्ये ८५.६ प्रतिशत महिला पत्रकारले परराष्ट्र र सुरक्षा बिटमा काम गर्न ईच्छुक रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ