उद्घाटनको एकवर्षपछि आइसीपी हस्तान्तरण, १५ दिनभित्र सञ्चालनमा ल्याउने तयारी


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १०, २०८१
उद्घाटनको एकवर्षपछि आइसीपी हस्तान्तरण, १५ दिनभित्र सञ्चालनमा ल्याउने तयारी

नेपालगन्ज १० वैशाख : बाँके स्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माण भएको बहुप्रतिक्षित एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरिएकोछ । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले आइसीपी नेपाललाई हस्तान्तरण गरेको हो । 

निर्माण सुरु गरिएको एक दशकपछि गत वर्ष जेठ २० गते भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीबाट आइसीपीको संयुक्त रुपमा उद्घाटन गरेका थिए । तर, निर्माणका धेरै काम पूरा नभएकाले भारतले नेपाललाई हस्तान्तरण गरेको थिएन । 

यो पनि पढ्नुहोस्  नेपालगन्जको एकीकृत जाँच चौकी निर्माण सुरु भएको एक दशकपछि सञ्चालनमा आयो

हाल आएर निर्माणका सबै काम करिब सम्पन्न भइसकेको र आइसीपी सञ्चालनका लागि चौतर्फी दबाब सृजना भएपछि भारतले नेपाललाई हस्तान्तरण गरेको हो ।  नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरका अनुसार भारत सरकारको निर्माण परियोजना राईटस लिमिटेडका महाप्रबन्धक गुलाब प्रजापतिले एक समारोहकाबिच नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन एकाइ बाँकेका प्रमुख विजयकेशर खनाललाई आइसीपी हस्तान्तरण गरेका हुन् । 

Kids Festival 2022
kanti aarogya hospital

यो पनि पढ्नुहोस्  डेढ महिनाभित्र सम्पन्न गर्ने गरी एकीकृत जाँच चौकीको निर्माण तीव्र

भारतबाट आइसीपी हस्तान्तरण भए लगत्तै सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख खनालले आइसीपीलाई नेपाल इन्टर मोडेल यातायात विकास समितिका निर्देशक युवक डङ्गोललाई हस्तान्तरण गरे ।

यो पनि पढ्नुहोस्  एकीकृत भन्सार जाँच चौकी निर्माणको कार्य तिब्र

नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसीपी सञ्चालनको जिम्मा पाएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि अमित गुप्तालाई हस्तान्तरण गरेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।  १५ दिनभित्र आइसीपी सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि गुप्ताले बताए ।

यो पनि पढ्नुहोस्  एकीकृत भन्सार जाँच चौकीद्वारा १८ अर्ब राजस्व संकलन

भारत सरकारको सहयोगमा सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २०२३ जुन ३ मा उद्घाटन गरिएको सो जाँच चौकीको निर्माण करिब दुई अर्ब भारतीय रुपैयाँको लागतमा राजदीप बिल्डकन निर्माण कम्पनीले गरेको हो । 

यो पनि पढ्नुहोस्  एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु

नेपाल भारत सीमानाको रुपैडीहा र नेपालगन्जमा ८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीहरूको आवास गृहको पनि निर्माण गरिएको छ ।

आइसिपी निर्माण भएपछि अब व्यापारीले सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नेछन् । आइसिपीमै जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण लगायत कार्यालय रहेकाछन् ।

चौकी सञ्चालनमा आएपछि मुख्य नाकामा रहेको भन्सार कार्यालय त्यहीँ स्थानान्तरण हुनेछ । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।