एकीकृत भन्सार जाँच चौकीद्वारा १८ अर्ब राजस्व संकलन


सेतोखरी सेतोखरी   शुक्रबार, माघ ९, २०७७
एकीकृत भन्सार जाँच चौकीद्वारा १८ अर्ब राजस्व संकलन

विराटनगर ९ माघ : एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल १८ अर्ब तीन करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार रुपैयाँ कम संकलन गरी समग्रमा ७८.१७ प्रतिशत प्रगति गरेको जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गएको वर्षमा सो अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार रुपैयाँ राजस्व कम संकलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आवमा गएको वर्षमा सो अवधिमा संकलित राजस्वभन्दा दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । -रासस