टि–२० विश्वकप क्रिकेटः १० वर्षपछि खेल्दै नेपाल, आज नेदरल्यान्ड्ससँग सामना गर्दै


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २२, २०८१
टि–२० विश्वकप क्रिकेटः १० वर्षपछि खेल्दै नेपाल, आज नेदरल्यान्ड्ससँग सामना गर्दै

नेपालगन्ज २२ जेठ : नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आइसीसी टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मङ्गलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार मङ्गलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ ।

हिजो आयोजित प्रि–म्याच कन्फरेन्समा कप्तान रोहित पौडेलले १० वर्षपछिको विश्वकप नेपाल र नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको बताएका थिए । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनको भनाइ थियो । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनले बताएका छन् ।

नेदरल्यान्ड्स र नेपालबीच सन् २०१५ को जुन ३० मा पहिलो टी–२० खेल भएको थियो । उक्त खेलमा नेदरल्यान्ड्स १८ रनले विजयी भएको थियो । त्यसयता टी–२० खेलमा नेपाल र नेदरल्यान्ड्स १२ पटक आमनेसामने भएका छन् । जसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेलमा जित निकालेको छ । भने एक खेल नतिजाविहीन छ ।

विश्वकपको वार्मअप खेलमा क्यानडासँग पराजित भएको नेपाल विश्वकपमा सुखद सुरुआत गर्दै उच्च मनोबलका साथ विश्वकप खेल्न चाहन्छ । विश्वकपअघि खास प्रदर्शन गर्न नसकेको नेपालले १० वर्षपछि खेल्न लागेको विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । नेपालका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल नेदरल्यान्ड्सका लागि घातक हुन सक्छन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लाग्दा नेदरल्यान्ड्स भने पाचौं पटक विश्वकप खेल्न लागेको हो । सन् २०२२ को टी–२० विश्वकपमा नेदरल्यान्ड्स सुपर १२ सम्मको यात्रा तय गरेको थियो । उक्त विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले आफूलाई प्रमाणित गरेको थियो ।

नेपाल रहेको समूह–डी मा टोली दक्षिण अफ्रिका, बंगलादेश र श्रीलङका पनि छन् । यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङकामाथि ७ विकेटको जित हात पारेको छ । 

सुपर–ए प्रवेशको सम्भावना बलियो बनाइराख्न पहिलो खेलमा जित आवश्यक छ । चोटका कारण वेस्ट इन्डिज र ह्युस्टनमा भएका तीन अभ्यास खेल र क्यानडा सँगको वार्मअप म्याच गुमाएका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरी पनि पहिलो खेलमा टिममा फर्कनेछन् ।

यसैबीच, आइसिसी टी– २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।

पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसावले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताए । उनले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताए । उनले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताएका हुन् । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताए ।