नेपालगन्ज। दाङ निवासी गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषदको बैठकले उनिसहित चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।
डाँगी दाङ तुलसीपुर उपमहानगरपालिका–९ निवासी हुन्। जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा दरबन्दी रहेका उनि हाल सर्वोच्च अदालतमै काजमा थिए। केही समयअघि दुर्घटनामा परेर घाइते भएपछि उनलाई सर्वोच्चमा काज पदस्थापन गरिएको थियो।
डाँगी २०९२ वैशाखसम्म सम्म सर्वोच्च अदालतको न्यायाधीशमा कायम रहनेछन्।
डा। रत्नबहादुर वागचन्द उच्च अदालत पोखरामा कार्यरत न्यायाधीश हुन्। त्यस्तै उच्च अदालत पाटनमा रहेका न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत पाटनकै हेटौंडा इजलासमा कार्यरत न्यायाधीश जनक पाण्डे पनि सिफारिसमा परेका छन्।
प्रधानन्यायाधीश मनोज शर्माको अध्यक्षतामा आज दिउँसो बसेको परिषद बैठकले चार न्यायाधीश सिफारिस गर्दा बरिष्ठतम् न्यायाधीशको हैसियतमा सदस्य रहेकी सपना मल्ल प्रधान र अर्का सदस्य महेशकुमार नेपालले निर्णयमा फरक मत लेखेका छन् । न्यायाधीशहरूको नाम सिफारिस गर्दा रोलक्रम मिचिएको र त्यसको आधार र औचित्य पुष्टि हुने कारणसमेत नदेखाइएको भन्दै उनीहरूले लिखित विमति जनाएका हुन् ।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति