काठमाडौं। नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्द शत्रहरू सुरु भएका छन्। त्यसअघि केन्द्रीय समितिको बैठक बसेको थियो। महाधिवेशनस्थल खुलामञ्चमै बसेको बैठकले कार्यसमितिको आकार बढाउनेलगायत विभिन्न निर्णयहरू गरेको छ। त्यस्तै सभापति गगनकुमार थापालगायत पदाधिकारीहरूले पेश गरेका प्रतिवेदनहरू पनि पारित गरेको छ।
ती प्रतिवेदनहरूमाथि अब भिन्नाभिन्नै तीन ठाउँमा बन्दशत्र हलहरूमा छलफल हुनेछन्। तीन वटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र सुरू भएको हो। पहाड, हिमाल र मधेस तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरू भएको हो । सुरूआतमा पहाडको बन्द सत्र चलेको छ।
बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो ।हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्। तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
२२ गते हुने निर्वाचनबाट नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितको आकार अब ठूलो भएर आउनेछ। १४ महाधिवेशनबाट १६८ सदस्यीय कार्यसमिति चयन भएको थियो। गत पुसमा भएको विशेष महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनेको थियो भने अब १५ औं महाधिवेशनबाट त्यो संख्या बढेर २८१ सदस्यीय कार्यसमिति बन्नेछ।
अबको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा एकजना सभापति हुनेछन्। त्यस्तै १ जना बरिष्ठ उपसभापति र एकजना महिलासहित अरु तीनजना उपसभापति हुनेछन्। यसरी उपसभापति चारजना रहनेछन्। त्यस्तै ३ जना महामन्त्री हुनेछन्। एकजना महामन्त्री महिला अनिवार्य हुनुपर्नेछ। त्यस्तै सहमहामन्त्रीको संख्या १५ पुर्याइएको छ।
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू