नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस  नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु

नेपालगन्ज। नवरपरासीमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परेर १० जना गम्भिर घाइते भएका छन्। 

त्यो बस नेपालगन्जबाट काठमाडौंका लागि गुडेको थियो। प्रहरीका अनुसार प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो थियो। 

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को बिनयी त्रिवेणी गाउँपालिका- ०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ। 

उक्त बसमा चालक सहित १८ जना सवार थिए। तीमध्ये ६ जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका -३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ। 

दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते छन्।

घाइतेहरूको नवलपरासीस्थित मध्यबन्दु अस्पतालमा उपचार भइरहेको छ।