कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?

 

कोहलपुरको एउटा मेडिकलमा डाक्टरले संवेदनशील अंगमा छोएको भन्दै विवाद भएपछि प्रहरीले मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। 

यहाँ सञ्चालित थापा मेडिकल हलमा एकजना बालिका उपचारका लागि आएकी थिइन्। उनको स्वास्थ्य स्थिति जाँच गर्ने क्रममा डाक्टरले विभिन्न संवेदनशील अंगहरूमा नियतवस छोएको बिरामीको आरोप छ। 

पीडित र उनका आफन्तहरू मेडिकलहलमा पुगेर सञ्चालकमाथि यस्तो आरोप लगाउँदै उनिमाथि हातपात समेत भएको भिडिओ क्लीपहरू अहिले सामाजिक सञ्जालमा भाइरल छन्।

भिडिओमा देखिएअनुसार ती बिरामी आफ्नो पेट दुख्ने, योनीबाट सेतोपानी निस्किने भन्दै जाँच गराउन पुगेकी हुन्छिन्। उनले गानो पनि गएको छ भनेपछि स्वास्थ्यकर्मीले उनको गानो नापजाँच गर्नेबेला संवेदनशील अंगमा नियतवस हात हालेको ती पीडितले जनाएकी छिन्। 

तर सञ्चालकले भने आफूले जानिजानी कुनै संवेदनशील अंगहरूमा हात नहालेको र गानो नाप्ने क्रममा आफूमाथि त्यस्तो आरोप लगाइएको दाबी गरेका छन्। 

विवाद हुँदै जाँदा त्यहाँ ती पीडितले मेडिकल सञ्चालकलाई गालामा थप्पड हानेको दृश्य भिडिओ क्लीपहरूमा देख्न सकिन्छ। केही बेरमा प्रहरी आएर उनलाई भ्यानमा हालेर लगेको थियो। 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सञ्चालकलाई नियन्त्रणमा लिइएको छ। पीडित पक्षसँग पनि घटनाबारे बुझ्ने कार्य भइरहेको छ।