महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो


सेतोखरी सेतोखरी   बिहीबार, जेठ २४, २०८१
महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

नेपालगन्ज २४ जेठ : नेपाल पत्रकार महासंघमा पछिल्लो समय पूरा भाडभैलो मच्चिएको छ । महासचिव रोशन पुरीले आफू आगामी अध्यक्षमा जित्ने गरी जिल्ला–जिल्लामा पत्रकारै नभएका माओवादी कार्यकर्ताहरुलाई सदस्य बनाएका छन् । जिल्ला शाखा र प्रदेश समितिले सिफारिस नै नगरेका मानिसहरु जो पत्रकारितामै छैनन् त्यस्तलाई प्रत्येक जिल्लामा रोशन पूरीले थपेका छन् । त्यस कारण सदस्यता विवाद टुङ्गिन मुस्किल परेको छ ।

महासंघका एकजना पदाधिकारीले सदस्यता शुद्धिकरणको जिम्मेवारी लिएका महासचिव नै गैर पत्रकारहरुको हुललाई महासंघमा छिराउने प्रपञ्च रचेपछि सिंगो केन्द्रिय समिति त्यसविरुद्ध खनिएको छ । माओवादीको भातृ संगठन प्रेस सेन्टर बाहेक प्रेस युनियन, प्रेस चौतारी, प्रेस मञ्च, समाजवादी प्रेस जस्ता सबै संघ संस्थाले महासचिवले तयार पारेको लिस्टलाई नस्विकार्ने भनिसकेका छन् । 

यो पनि पढ्नुहोस्  जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा

पुरी यसपटक अध्यक्षमा उठ्ने तयारी गरेका छन् । सेन्टरले उनलाई सार्ने पक्का–पक्की छ । प्रेस युनियनका तर्फबाट रमेश विष्ट बलियो उम्मेदवारका रूपमा छन् । युनियन भित्र उनले अर्को प्रतिस्पर्धी नै छैन । केन्द्रिय सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्मको अनुभवले उनका अगाडी पुरी धेरै कमजोर उम्मेदवार हुन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो

विष्ट देशैभर चनिएका र काठमाडौंमा राम्रो भोट पकड भएको व्यक्ति हुन् । उनले चौतारी, सेन्टर र राजावादीको भोट तान्न सक्छन् । पार्टीमा शेरबहादुर देउवासँगको सम्बन्धका कारण युनियनले जसरी पनि उनलाई नै उम्मेदवार बनाउने देखिएको छ । विष्टलाई बलियो उम्मेदवारका रूपमा देखेपछि सेन्टर तर्सिएको हो । गोविन्द आचार्यपछि दोस्रो अध्यक्ष बनाउने पालो कुरेर बसेको सेन्टरले पुरी मार्फत सदस्यतामा खेलेको लुकेन ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’

विष्टलाई टक्कर दिने उद्देश्यले सेन्टरले गरेको ग्राण्ड डिजाइन अनुसार पुरीले काम गरेका छन् । हरेक जिल्लामा शाखाको निर्वाचन समिकरणलाई समेत प्रभावित पार्ने गरी माओवादी कार्यकर्तालाई महासंघको सदस्य बनाएका छन् ।

महासंघका एकजना पदाधिकारीका अनुसार प्रदेशले गत वर्ष भदौमै बुझाएको सदस्यता नामावलीलाई पुरीले महिनौसम्म लुकाएर राखे । कुनै पदाधिकारी वा संगठन समितिमा पनि छलफल गर्न ल्याएनन् । गोप्य रूपमा उनले शुद्धिकरणको काम गर्दै होलान भनेको त युनियन र चौतारीका सदस्यलाई शुद्धिकरणका नाममा काट्ने र आफ्नो थप्ने गरेका रहेछन् ।

सेन्टरबाट विगतमा गोविन्द आचार्य उपाध्यक्ष भएकै बेलादेखि माओावदी कार्यकर्तालाई हुलका हुल सदस्यता दिने क्रम सुरु भएको त्यतिबेलाकै पदाधिकारी बताउँछन् । त्यसपछि सेन्टरबाट ओम शर्मा र उजिर मगर महासचिव हुँदा पनि त्यो क्रम बढाइयो । अघिल्लो कार्यकालमा त्यतिबेलाका महासचिव रमेश विष्टले भने सदस्यतामा माओवादीको चल्न दिएनन् । त्यतिबेलाका अध्यक्ष गोविन्द आचार्यको हस्तक्षेपलाई समेत अस्विकार गरेर विष्टले सदस्यतामा सन्तुलित काम गरेकैले पहिलो पटक प्रत्यक्ष चुनाव हुँदा पनि कुनै प्रकारको समस्या उत्पन्न भएन । 

यो पनि पढ्नुहोस्  चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

उतिबेला केन्द्रिय सदस्य र अहिलेका एकजना पदाधिकारीले त्यस कारणपनि निर्वाचनको परिणाम युनियनको पक्षमा आएको दावी गर्छन् । अहिले त बिजोग बनाएका छन् । अध्यक्ष विपुल पोखरेल ‘रबर स्टाम्प’ छन् । महासचिवले उनलाई  घुमाएकाले जे भनेपनि हस्ताक्षर गरिदिने उनको व्यवहारले थप समस्या देखिएको उनै पदाधिकारीले बताए । 

यो पनि पढ्नुहोस्  बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ

पुरीले गरे अनुसारको सदस्यता नै स्विकृत भए सेन्टर एक नम्बरको स्थितिमा पुग्नेछ । उसको बार्गेनिङ पावर बड्छ । चौतारीसँगको समबन्ध टाडिएका बेला पुरी र उनको टिमले चौतारीको सदस्यमाथि धेरै कैची चलाएका छन् । 

उनले चौतारीलाई कमजोर बनाउने, युनियनलाई पनि घटाउने र युनियनसँग  गठबन्धन गरेर अध्यक्ष लिने उता चौतारी पनि कमजोर भएको मौकमा जित्ने दाउ लिएका थिए । तर, राजनीतिक समिकरण फेरिएपछि उनलाई अप्ठ्यारो छ । 

चौतारीले अध्यक्ष नछोड्ने स्थितिमा पुरीको योजना फेल हुने भएपछि उनले विवाद समाधानतर्फ प्रयत्न नै गरेका छैनन् । महाधिवेशनमा जेठ २६ गते निर्वाचन गराउने मिति उनैले प्रस्ताव गरेर तोकाएका थिए । त्यसले महासंघमा वैधानिक संकट समेत निम्तिएको छ । जसका कारण अब २६ गते चुनाव हुने छैन । 

यो पनि पढ्नुहोस्  जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा

महाधिवेशनले तोकेको मितिलाई कस्ले रद्द गर्ने वा त्यसलाई कसरी सार्ने ठूलो वैधानिक दुविधा छ । वैधानिक संकट  देखाएर सरकारबाट महासंघमा तदर्थ समिति घोषणा गराउने दाउपनि सेन्टरले रचि रहेको छ ।

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

वरिष्ठ उपाध्यक्ष  विष्टको सल्लाहमा महासंघका केही पदाधिकारी र सदस्यहरु पुरीको योजना बुझेर त्यस विरुद्ध सजग छन् । तर, अध्यक्षलाई के को लोभ देखाइएको छ, थाह छैन । उनी त माओवादीले जे भनिरहेको छ, त्यतै  लागेको महासंघमा युनियनका पदाधिकारीहरु कुरा काटिरहेका छन् । 

अब तोकिएको मितिमा चुनाव हुन नसकेपछि सदस्यता विवादलाई समय लिएर शाखा, प्रदेश र संगठन समितिको परामर्शबाट टुंग्याएर मात्रै चुनावमा जानुपर्ने आवाज युनियन र चौतारीले गर्न थालेका छन् ।