नेपालगन्ज २४ जेठ : नेपाल पत्रकार महासंघमा पछिल्लो समय पूरा भाडभैलो मच्चिएको छ । महासचिव रोशन पुरीले आफू आगामी अध्यक्षमा जित्ने गरी जिल्ला–जिल्लामा पत्रकारै नभएका माओवादी कार्यकर्ताहरुलाई सदस्य बनाएका छन् । जिल्ला शाखा र प्रदेश समितिले सिफारिस नै नगरेका मानिसहरु जो पत्रकारितामै छैनन् त्यस्तलाई प्रत्येक जिल्लामा रोशन पूरीले थपेका छन् । त्यस कारण सदस्यता विवाद टुङ्गिन मुस्किल परेको छ ।
महासंघका एकजना पदाधिकारीले सदस्यता शुद्धिकरणको जिम्मेवारी लिएका महासचिव नै गैर पत्रकारहरुको हुललाई महासंघमा छिराउने प्रपञ्च रचेपछि सिंगो केन्द्रिय समिति त्यसविरुद्ध खनिएको छ । माओवादीको भातृ संगठन प्रेस सेन्टर बाहेक प्रेस युनियन, प्रेस चौतारी, प्रेस मञ्च, समाजवादी प्रेस जस्ता सबै संघ संस्थाले महासचिवले तयार पारेको लिस्टलाई नस्विकार्ने भनिसकेका छन् ।
यो पनि पढ्नुहोस् जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा
पुरी यसपटक अध्यक्षमा उठ्ने तयारी गरेका छन् । सेन्टरले उनलाई सार्ने पक्का–पक्की छ । प्रेस युनियनका तर्फबाट रमेश विष्ट बलियो उम्मेदवारका रूपमा छन् । युनियन भित्र उनले अर्को प्रतिस्पर्धी नै छैन । केन्द्रिय सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्मको अनुभवले उनका अगाडी पुरी धेरै कमजोर उम्मेदवार हुन् ।
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो
विष्ट देशैभर चनिएका र काठमाडौंमा राम्रो भोट पकड भएको व्यक्ति हुन् । उनले चौतारी, सेन्टर र राजावादीको भोट तान्न सक्छन् । पार्टीमा शेरबहादुर देउवासँगको सम्बन्धका कारण युनियनले जसरी पनि उनलाई नै उम्मेदवार बनाउने देखिएको छ । विष्टलाई बलियो उम्मेदवारका रूपमा देखेपछि सेन्टर तर्सिएको हो । गोविन्द आचार्यपछि दोस्रो अध्यक्ष बनाउने पालो कुरेर बसेको सेन्टरले पुरी मार्फत सदस्यतामा खेलेको लुकेन ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
विष्टलाई टक्कर दिने उद्देश्यले सेन्टरले गरेको ग्राण्ड डिजाइन अनुसार पुरीले काम गरेका छन् । हरेक जिल्लामा शाखाको निर्वाचन समिकरणलाई समेत प्रभावित पार्ने गरी माओवादी कार्यकर्तालाई महासंघको सदस्य बनाएका छन् ।
महासंघका एकजना पदाधिकारीका अनुसार प्रदेशले गत वर्ष भदौमै बुझाएको सदस्यता नामावलीलाई पुरीले महिनौसम्म लुकाएर राखे । कुनै पदाधिकारी वा संगठन समितिमा पनि छलफल गर्न ल्याएनन् । गोप्य रूपमा उनले शुद्धिकरणको काम गर्दै होलान भनेको त युनियन र चौतारीका सदस्यलाई शुद्धिकरणका नाममा काट्ने र आफ्नो थप्ने गरेका रहेछन् ।
सेन्टरबाट विगतमा गोविन्द आचार्य उपाध्यक्ष भएकै बेलादेखि माओावदी कार्यकर्तालाई हुलका हुल सदस्यता दिने क्रम सुरु भएको त्यतिबेलाकै पदाधिकारी बताउँछन् । त्यसपछि सेन्टरबाट ओम शर्मा र उजिर मगर महासचिव हुँदा पनि त्यो क्रम बढाइयो । अघिल्लो कार्यकालमा त्यतिबेलाका महासचिव रमेश विष्टले भने सदस्यतामा माओवादीको चल्न दिएनन् । त्यतिबेलाका अध्यक्ष गोविन्द आचार्यको हस्तक्षेपलाई समेत अस्विकार गरेर विष्टले सदस्यतामा सन्तुलित काम गरेकैले पहिलो पटक प्रत्यक्ष चुनाव हुँदा पनि कुनै प्रकारको समस्या उत्पन्न भएन ।
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
उतिबेला केन्द्रिय सदस्य र अहिलेका एकजना पदाधिकारीले त्यस कारणपनि निर्वाचनको परिणाम युनियनको पक्षमा आएको दावी गर्छन् । अहिले त बिजोग बनाएका छन् । अध्यक्ष विपुल पोखरेल ‘रबर स्टाम्प’ छन् । महासचिवले उनलाई घुमाएकाले जे भनेपनि हस्ताक्षर गरिदिने उनको व्यवहारले थप समस्या देखिएको उनै पदाधिकारीले बताए ।
यो पनि पढ्नुहोस् बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ
पुरीले गरे अनुसारको सदस्यता नै स्विकृत भए सेन्टर एक नम्बरको स्थितिमा पुग्नेछ । उसको बार्गेनिङ पावर बड्छ । चौतारीसँगको समबन्ध टाडिएका बेला पुरी र उनको टिमले चौतारीको सदस्यमाथि धेरै कैची चलाएका छन् ।
उनले चौतारीलाई कमजोर बनाउने, युनियनलाई पनि घटाउने र युनियनसँग गठबन्धन गरेर अध्यक्ष लिने उता चौतारी पनि कमजोर भएको मौकमा जित्ने दाउ लिएका थिए । तर, राजनीतिक समिकरण फेरिएपछि उनलाई अप्ठ्यारो छ ।
चौतारीले अध्यक्ष नछोड्ने स्थितिमा पुरीको योजना फेल हुने भएपछि उनले विवाद समाधानतर्फ प्रयत्न नै गरेका छैनन् । महाधिवेशनमा जेठ २६ गते निर्वाचन गराउने मिति उनैले प्रस्ताव गरेर तोकाएका थिए । त्यसले महासंघमा वैधानिक संकट समेत निम्तिएको छ । जसका कारण अब २६ गते चुनाव हुने छैन ।
यो पनि पढ्नुहोस् जेठ २६ गते पत्रकार महासंघ बाँकेको साधारण सभा
महाधिवेशनले तोकेको मितिलाई कस्ले रद्द गर्ने वा त्यसलाई कसरी सार्ने ठूलो वैधानिक दुविधा छ । वैधानिक संकट देखाएर सरकारबाट महासंघमा तदर्थ समिति घोषणा गराउने दाउपनि सेन्टरले रचि रहेको छ ।
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
वरिष्ठ उपाध्यक्ष विष्टको सल्लाहमा महासंघका केही पदाधिकारी र सदस्यहरु पुरीको योजना बुझेर त्यस विरुद्ध सजग छन् । तर, अध्यक्षलाई के को लोभ देखाइएको छ, थाह छैन । उनी त माओवादीले जे भनिरहेको छ, त्यतै लागेको महासंघमा युनियनका पदाधिकारीहरु कुरा काटिरहेका छन् ।
अब तोकिएको मितिमा चुनाव हुन नसकेपछि सदस्यता विवादलाई समय लिएर शाखा, प्रदेश र संगठन समितिको परामर्शबाट टुंग्याएर मात्रै चुनावमा जानुपर्ने आवाज युनियन र चौतारीले गर्न थालेका छन् ।
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य