नेपालगन्ज १९ जेठ : नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रिय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
शनिवार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै महासङ्घले हालसम्म मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको समेत जनाएका छन् ।
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
उनले असहमतिलाई वार्ता र सम्वादमार्फत समाधान गर्न सकिने भन्दै चुनावको वातावरण निर्माणमा संवेदनशील बन्न समेत सबैलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा अध्यक्ष पोखरेलले भनेका छन्–‘निर्वाचन समितिमार्फत प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकोले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौँ ।’
यो पनि पढ्नुहोस् बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ
मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् । महासङ्घको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचन हुँदैछ ।
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ