नेपालगन्ज २४ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारण सभा यही जेठ २६ गते शनिबार गरिने भएकोछ । महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा बिहीबार जारी एक सूचनामा महासंघको १४ औं साधारण सभा यही जेठ २६ गते शनिबार गरिन लागेको जनाइएकोछ ।
यसअघि पूर्वनिर्धारित साधारण सभाको मिति पछिल्लो समय उत्पन्न परिस्थितीका कारण दुईपटक मिति परिर्वतन भएको थियो । ‘नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारण सभा एवंम जिल्ला अधिवेशन निम्न मिति, स्थान र समयमा हुने भएकाले शाखाका सम्पूर्ण साधारण सदस्य ज्यूहरुलाई उपस्थितीका लागि अनुरोध गरिन्छ ।’ महासंघ बाँकेका सचिव डाँगीद्वारा जारी सूचनामा उल्लेखछ ।
नेपालगन्ज सुर्खेतरोड स्थित बाजेको सेकुवा रेष्टुरेण्टमा शनिबार विहान ११ बजे महासंघ बाँकेको १४ औं साधारण सभा हुनेछ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीका अनुसार जिल्लाको साधारण सभाका लागि यसअघि महासंघले वितरण गर्ने पुरस्कार छनोटका लागि छुट्टा–छुट्टै समिति समेत गठन गरि काम अघि बढाइसकेको बताए ।
उनका अनुसार पत्रकार शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएकोछ । भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दीपेन्द्र धिताललाई नियुक्त गरिएकोछ । महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनोटका लागि पत्रकार एवम महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका रुद्र सुवेदीलाई छनोट समितिको संयोजक बनाइएको छ । उक्त छनोट समितिको सदस्यमा डक्ट धिताल र नविन गिरी रहेका छन् । धिताल प्रेस सेन्टर र गिरी युनियनकर्मी हुन् । अधिवेशनका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत भइसकेकोछ ।
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ