नेपालगन्ज : व्यवस्थापिका संसदको पुर्वसभामुखमा ओनसरी घर्तीले तत्कालिन नेकपा माओवादीका अग्रज नेता एंव पुर्वशिक्षक राममणि शर्माको उपचारमा कुनैपनि कसर बाँकी नराख्न निर्देशन दिएकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका शर्मालाई भेट्न बुधबार अस्पतालमै पुगेकी पुर्वसभामुख घर्तिले उपचारमा संलग्न चिकित्सकलाई यस्तो निर्देशन दिएकी हुन् ।
उपचारमा संलग्न डाक्टर राजन पाण्डे, अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठसंग शर्माको पछिल्लो स्वास्थ्य अवस्थाका बारे समेत उनले जानकारी लिएकी छन् । यस क्रममा उनीहरुले शर्माको स्वास्थ्यमा सुधार आइरहेको बताएको अस्पतालले जनाएको छ । पुर्वसभामुख घर्तिसँगै प्रदेश साँसद कृष्णा केसी‘नमुना’को पनि सहभागीता थियो ।
साँसद नमुनाले उपचारार्थ अग्रज नेता शर्माको स्वास्थ्य लाभको कामना गरेकी छन् । उनले उपचारका क्रममा कुनै समस्या देखिए उक्त समस्या समाधानका लागि तत्काल गम्भीर हुन सबेलाई आग्रह गरेकी छन् ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि तत्कालिन नेकपा माओवादीका अग्रज शर्मालाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ भएका शर्मालाई सोमबार साँझ नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
बर्दिया भुरिगाउँ निवासी ७२ बर्षिय शर्माको आईसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डाक्टर राजन पाण्डेले बताए । उहाँलाई निमोनिया संक्रमण र दमको समस्या देखिएको छ डाक्टर पाण्डेले भने ‘हामीले आईसियूमै राखेर उपचार गरिरहेका छौ अहिले उहाँको स्वास्थ्यमा सुधार आईसकेको छ ।’
उनकाअनुसार बुधबार पनि आईसीयूमा राखेर औषधि चलाइएको छ । शर्मालाई निमोनिया र दमको समस्या देखिएको चिकित्सक बताउँछन् । डाक्टर पाण्डेकाअनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार शर्माको स्वास्थ्यमा सुधार आएको छ ।