नेपालगन्ज ९ असोज: मनसुन सक्रिय भएपछि बाँकेसहित सातै प्रदेशका ५६ जिल्लालाई ‘रेड अलर्ट’मा राखिएकोछ ।
यो पनि पढ्नुहोस् आईतबारसम्म भारी वर्षा हुने
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बाँकेसहित सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।
यो पनि पढ्नुहोस् गर्मीले नेपालगन्जबासी उकुसमुकुस, मनसुन फेरि सक्रिय भयो
महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।
बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।
यो पनि पढ्नुहोस् सकिन लागेको मनसुन लम्बियो, यसपटक हिले दशैंको सम्भावना
यसबीच, धानबालीमा क्षति हुन नदिन विशेष आग्रह गरिएकोछ । यो बेला धान नकाट्न र काटिएको धानलाई सुरक्षित राख्न आग्रह गरिएकोछ ।
यो पनि पढ्नुहोस् साताभर मनसुनी वायुको प्रभाव, धानमा क्षति पुग्ने सम्भावना
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?