File Photo
नेपालगन्ज ११ असोज: आगामी दशैंको घटस्थापनादेखि नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन गरिदैँछ ।
पछिल्लो १५७ वर्षदेखी नेपालगन्जको रामलीला मैदानमा दशैँको बेला रामलीला मञ्चन हुँदै आएको छ । रामलीला मञ्चनका लागि भारतबाट कलाकार टोली बोलाउने गरिएको छ । तथापि कहिलेकाहीँ भारतबाट कलाकार ल्याउन असम्भव हुने गरेको छ ।
रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाका अनुसार ऐतिहासिक संस्कृतिका रूपमा रहेको रामलीला मञ्चनका लागि वर्सेनी भारतबाट कलाकार टोली बोलाउँदा खर्च पनि बढी लाग्ने र कहिलेकाहीँ कलाकार नपाइने भएकाले नेपालगन्जमै कलाकार तयार पारिँदने गरिन्छ ।
रामलीला महोत्सवमा यसपटक पनि भारत वृन्दावनका कलाकार बोलाइएकोछ । उनीहरूबाटै स्थानीय कलाकारलाई रामलीलाका दृश्य, अभिनय सिकाइने छ ।
दशैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म स्थानीय रामलीला मैदानमा राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गर्ने गरिन्छ । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभराज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्छ ।
यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको स्थानीय अगुवाको भनाईछ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्