नेपालगन्ज १२ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह साढे १२ बजेबाट आन्तरिक उडान आंशिक सञ्चालनमा भएको छ ।
विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार साढे १२ बजेबाट आइएफआर उडान नियमअनुसार उड्न सक्ने जहाज र विमानस्थलहरुमा उडान खुला गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझबाट सबै उडानमा रोक लगाएको थियो । आज भरतपुरबाहेकका विमानस्थलहरु खुला भएको र फाट्टफुट्ट उडान सुरु गरिएको निरौलाले जानकारी दिए ।
उनका अनुसार अहिले भैरहवा, विराटनगर, पोखरा, धनगढी, नेपालगन्जसहितका विमानस्थलमा उडान सुचारू गरिएको छ ।
अन्तर्राष्ट्रियतर्फ भने उडानहरु नरोकिएको उनले जानकारी दिए । ‘प्रतिकुल मौसमले केही उडानहरु डिले भएका छन्, तर ठप्प भएको अवस्था छैन,’ उनले भने ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्