हेमन्त कर्माचार्य बने सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्ष


सेतोखरी सेतोखरी   शनिबार, असोज १२, २०८१
हेमन्त कर्माचार्य बने सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्ष

नेपालगन्ज १२ असोज : सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ । 

आज लुम्बिनी प्रदेशको दांगको देउखुरीमा भएको प्रथम अधिवेशनबाट बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति गठन भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको न्युनिकरणका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । उनीहरुले हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्याप्त भ्रष्टाचारमा न्युनिकरण हुने बक्ताहरुले विस्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई पालिकास्तर सम्म पुर्याउने महासंघको लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए । उनले हालसम्म बागमती र गण्डकी बाहेकका जिल्लाहरुमा महासंघको प्रदेश समिति गठन भइसकेको जानकारी दिँदै छिट्टै त्यस प्रदेशमा पनि संगठन बिस्तार हुने बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता बिश्वजीत तिवारी लगायतले वडास्तर सम्म नागरिकलाई सचेत बनाउन महासंघ सघलाई सफलताको शुभकामना दिए

अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीकी राधा बस्नेत र पाल्पा दिपक पोखरेल, महासचिवमा सन्तोष कुमार गुप्ता, सचिवमा रुद्र सुबेदी र महादेव खरेल, कोषध्यक्षमा नवलपरासीका पप्पु रेग्मी सहित १० सदस्सीय प्रदेश समिति गठन गरेको छ ।