रौनियारले दिए राजिनामा


रौनियारले दिए राजिनामा

नेपालगन्ज: तत्कालिन एकिकृत माओबादीका केन्द्रिय सदस्य ललित कुमार रौनियारले राजिनामा दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार राजिनामा दिएको सार्वजनिक गरेकाहुन् । उनले नेकपाका अध्यक्ष एवंम तत्कालिन माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई सम्बोधन गर्दै राजिनामा दिएको आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका हुन् ।

पार्टीमा चरम गुटबन्दी र वर्तमान सरकार चरम भ्रष्टाचारमा चुर्लुम्म डुबेको कारण देखाउँदै आफूले राजिनाम दिएको उनले फेसबुकमार्फत सार्वजनिक गरेकाछन् ।

जनता जताभावी कर,चरम महँगीको मारमा भएको बेला पार्टी भित्र न कार्यकर्ताको संरक्षण छ, न सम्मान छ, उनले भने –‘जिम्मेवारी बाँडफाड पनि समाजिक न्यायको सिद्धान्तमा गरिएको छैन ।’

Kanti Aarogya Hospital Nepalgunj

वर्तमान सरकार कम्युनिष्ट नभएर कमाउनिष्टहरुको झुण्ड भएको उनले फेसबुकमार्फत आरोप समेत लगाएकाछन् ।